Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

देशभर सुरु भयो एसईई परीक्षा, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

काठमाडौं - राष्ट्रीय परीक्षा बोर्ड अन्तर्गत सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर एकैसाथ सुरु भएको छ। पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ। यस वर्षको एसईई परीक्षामा…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – राष्ट्रीय परीक्षा बोर्ड अन्तर्गत सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर एकैसाथ सुरु भएको छ। पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ।

यस वर्षको एसईई परीक्षामा देशभरका साथै वैदेशिक परीक्षा केन्द्रसमेत गरी ५ लाख १२ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका छन्। बोर्डका अनुसार परीक्षा प्रणालीलाई विगतको तुलनामा थप व्यवस्थित, प्रविधिमैत्री र नतिजामुखी बनाउने लक्ष्यका साथ विभिन्न सुधारात्मक कदमहरू अघि सारिएका छन्।

परीक्षालाई छिटो र प्रभावकारी बनाउन यस वर्ष ‘उत्तरपुस्तिका परीक्षणको विकेन्द्रीकरण’ नीति लागू गरिएको छ। यसअन्तर्गत अब विद्यार्थीले परीक्षा दिएको क्षेत्रमै उत्तरपुस्तिका परीक्षण गरिनेछ। विगतमा एक प्रदेशको उत्तरपुस्तिका अर्को प्रदेशमा पठाएर परीक्षण गर्ने प्रचलन थियो, जसका कारण ढिलाइ हुने गरेको थियो।

बोर्डले परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको जनाएको छ। यसका लागि परीक्षण प्रक्रिया छिटो, व्यवस्थित र स्थानीय स्तरमै सञ्चालन गरिने तयारी गरिएको हो।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नयाँ व्यवस्थाले उत्तरपुस्तिका ओसारपसारमा लाग्ने समय घट्नेछ र स्थानीय शिक्षकहरूको संलग्नतामा परीक्षण कार्य तीव्र गतिमा सम्पन्न हुने अपेक्षा गरिएको छ।

यद्यपि, परीक्षा केन्द्रमै परीक्षण गर्दा निष्पक्षता र सुरक्षामा चुनौती आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै बोर्डले आवश्यक व्यवस्थापन गरेको जनाएको छ। यदि कुनै केन्द्रमा विषयगत शिक्षक उपलब्ध नभएमा वा सुरक्षा जोखिम देखिएमा सम्बन्धित उत्तरपुस्तिका सुरक्षित स्थानमा सारेर परीक्षण गरिनेछ।

बोर्डले यस वर्षको परीक्षा प्रणालीलाई थप पारदर्शी, विश्वसनीय र परिणाममुखी बनाउने विश्वास व्यक्त गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/