Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेपालका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ - मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसका कारण देशका विभिन्न भागमा मौसममा सामान्य परिवर्तन देखिएको छ। महाशाखाका अनुसार हाल कोशी प्रदेशदेखि…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसका कारण देशका विभिन्न भागमा मौसममा सामान्य परिवर्तन देखिएको छ।

महाशाखाका अनुसार हाल कोशी प्रदेशदेखि सुदूरपश्चिम प्रदेशसम्मका पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने मौसम सफा रहने जनाइएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी, आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य हिमाली भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। विशेषगरी गण्डकी प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ।

महाशाखाले हिमाली क्षेत्रमा यात्रा गर्ने तथा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/