Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

ग्राहकको मोबाइल नम्बर दुरुपयोग गरी १ करोड ६५ लाख हिनामिना, बैंक कर्मचारी पक्राउ

काठमाडौं — नेपाल प्रहरी ले बैंकिङ्ग प्रणाली दुरुपयोग गरी ठूलो रकम हिनामिना गरेको आरोपमा एक बैंक कर्मचारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक को कपिलवस्तुस्थित तौलिहवा शाखामा कार्यरत रिशभ…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — नेपाल प्रहरी ले बैंकिङ्ग प्रणाली दुरुपयोग गरी ठूलो रकम हिनामिना गरेको आरोपमा एक बैंक कर्मचारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक को कपिलवस्तुस्थित तौलिहवा शाखामा कार्यरत रिशभ कार्की रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार कार्कीले बैंकको आन्तरिक प्रणालीमा अनधिकृत पहुँच बनाएर केही ग्राहकहरूको खातासँग जोडिएको मोबाइल नम्बर परिवर्तन गरेका थिए। त्यसपछि उनले आफ्नै नियन्त्रणमा रहेको नम्बर ती खातामा लिंक गरी मोबाइल बैंकिङ्ग तथा Connect IPS मार्फत रकम स्थानान्तरण गरेका थिए।

प्रारम्भिक अनुसन्धानबाट उनले विभिन्न ग्राहकहरूको खाताबाट कुल १ करोड ६५ लाख रुपैयाँ अनधिकृत रूपमा ट्रान्सफर गरी हिनामिना गरेको खुलेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको टोलीले कार्कीलाई कपिलवस्तुको मायादेवी गाउँपालिकाबाट पक्राउ गरेको हो। हाल उनलाई बैंकिङ्ग कसुरसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलास बाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ।

प्रहरीले सर्वसाधारणलाई आफ्नो बैंक खातासँग जोडिएको मोबाइल नम्बर नियमित रूपमा जाँच गर्न र मोबाइल बैंकिङ्ग सेवाको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ। साथै, यस्ता किसिमका अनधिकृत गतिविधिबाट जोगिन सचेत रहन पनि अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/