Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पश्चिमी र स्थानीय वायुको प्रभाव : देशभर मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं — नेपालमा अहिले पश्चिमी वायु तथा स्थानीय वायुको संयुक्त प्रभावका कारण मौसममा उल्लेखनीय परिवर्तन देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश पहाडी तथा हिमाली भू-भागमा…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — नेपालमा अहिले पश्चिमी वायु तथा स्थानीय वायुको संयुक्त प्रभावका कारण मौसममा उल्लेखनीय परिवर्तन देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश पहाडी तथा हिमाली भू-भागमा बदली रही केही स्थानमा वर्षा भइरहेको छ।

हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। अन्य क्षेत्रहरूमा भने आंशिक बदलीको अवस्था कायम रहेको विभागले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो र राति पनि मौसममा थप सक्रियता देखिने सम्भावना छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। यससँगै उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

त्यस्तै, मधेश प्रदेशका केही भू-भागसहित कोशी प्रदेशको तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

विभागले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था कायम रहने र पहाडी क्षेत्रमा बादल लाग्ने क्रम जारी रहने जनाएको छ। मौसममा आएको यस परिवर्तनका कारण दैनिक जनजीवनमा सामान्य प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन नागरिकलाई आग्रह गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/