Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

२०४८ साल यताका सबै नेता, मन्त्री, सांसद र कर्मचारीको सम्पत्ति छानविन गर्ने

काठमाडौं — नेपाल सरकार मन्त्रिपरिषदको हिजो बसेको बैठकबाट नव नियुक्त प्रधानमन्त्री बालेन शाहले २०४८ सालदेखि २०६३ सालसम्म र २०६३ सालदेखि २०८२ सालसम्म नेपालको राजनीतिको उच्च तहमा पुगेका व्यक्तिहरु सबैको सम्पत्ति एक एक…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — नेपाल सरकार मन्त्रिपरिषदको हिजो बसेको बैठकबाट नव नियुक्त प्रधानमन्त्री बालेन शाहले २०४८ सालदेखि २०६३ सालसम्म र २०६३ सालदेखि २०८२ सालसम्म नेपालको राजनीतिको उच्च तहमा पुगेका व्यक्तिहरु सबैको सम्पत्ति एक एक छानविन गर्ने निर्णय गरेको छ ।

यस्तो निर्णयसँगै अब नेपालका घुस खाने नेताहरुको भागभाग हुने देखिएको छ । राजनीतिक दलको केन्द्रमा पुग्ने, सांसद र मन्त्री पद पड्काउने अनि घुस पनि खाने मन्त्री, सांसद वा अन्य एजेन्ट तथा व्यापारीहरुको सम्पत्ति छानविन हुनेछ ।

सो छानविन समितिलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहत रहने गरी १५ दिनभित्र गठन गरी सक्रिय बनाउने निर्णय प्रधानमन्त्री शाहले पहिलो बैठकबाट गराएका छन् ।

नेपालका सांसद, मन्त्री र अन्य कर्मचारी तथा सरकारी लाभ लिएका व्यक्तिहरुको सम्पत्ति छानविन गरी स्रोत खुल्ने बाहेकको सम्पत्ति राष्ट्रियकरण गरिनेछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/