Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

ओली र लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने

काठमाडौं — नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने भएको छ। प्रहरी स्रोतका अनुसार पक्राउ परेका ओलीलाई स्वास्थ्य परीक्षणपछि उक्त गणमा…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने भएको छ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका ओलीलाई स्वास्थ्य परीक्षणपछि उक्त गणमा लगिने तयारी गरिएको छ। लेखकलाई भने यसअघि नै सो स्थानमा पुर्‍याइसकिएको छ।

ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो। आज बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ परेका उनलाई केही समय प्रहरी परिसर भद्रकालीमा राखिएको थियो।

शनिबार पक्राउ परेकाले दुवै जनालाई आइतबार मात्र अदालतमा पेश गरिने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/