spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारपश्चिमी वायुको प्रभाव कायम: देशभर वर्षा र असिनाको सम्भावना

पश्चिमी वायुको प्रभाव कायम: देशभर वर्षा र असिनाको सम्भावना

काठमाडौं — नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव कायम रहेकाले देशभर मौसम बदली हुने क्रम जारी रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीका कारण विशेषगरी पहाडी र हिमाली भूभागमा बदली भई वर्षा तथा हिमपातको सम्भावना बढेको छ।

आज दिउँसो हिमाली भूभागमा अधिकांश स्थानमा बदली रहनेछ भने पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली र तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा चट्याङ्ग, हावाहुरी तथा असिनासहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा पनि यस्तै खालको मौसम रहनेछ।

रातिको समयमा पनि हिमाली भूभागमा बदली कायम रहनेछ भने कोशी र मधेस प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मौसमविद्हरूका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग, हावाहुरी र असिनासहित वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

सामान्य जनजीवन, कृषि तथा यातायात क्षेत्रमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसम विभागले अनुरोध गरेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here