अमेरिका–इजरायल तथा इरानबीच जारी युद्ध चाँडै अन्त्य हुने छाँट देखिएको छैन । इजरायल तथा इरान दुवैले सैन्य मात्रै होइन, गैरसैन्य क्षेत्रमा आक्रमण थालेका छन् । खासगरी इन्धन उत्खनन र रिफाइनरीहरूमा आक्रमण हुन थालेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४८ घण्टाभित्र स्ट्रेट अफ होर्मुज खुला नगरे इरानका तेल संरचनामा आक्रमण गर्ने धम्कि दिएको पनि २४ घण्टाभन्दा बढी भईसकेको छ । त्यसको जवाफ इरानले पनि अन्य खाडी देशका तेल संरचनामा आक्रमण गर्ने चेतावनी दिएको छ,जसको मारमा विश्व बजार नै परेको छ । ट्रम्पले भने भन्दा २४ घन्टा पछि अस्थाई रुपमा गरेको आक्रमण रोक्ने घोषणाले विश्व बजारमा कच्चा तेल तथा ग्यासको मुल्य घट्ने क्रम सुरु भएको छ यसले गर्दा आम सर्वसाधरणमा थोरै भएपनि ग्यास लगायत का सामान सहज रुपमा पाइने आश जगाएको छ । नेपालले भारतको कुल इन्धन खपतको १ प्रतिशत जति मात्रै इन्धन खपत गर्छ, तर भारतमा नै यसको अभाव भयो भने त्यसको सीधा प्रभाव नेपालमा पर्ने नै छ ।
जारी युद्ध छिटो भन्दा छिटो स्थाई रुपमा रोक्न विश्वले नै जोड दिइरहेको छ । हाम्रो देश नेपाल न त आक्रमण गर्ने देश हो, न प्रत्याक्रमणमा नै संलग्न रहेको देश हो, यदि युद्ध रोकिएन भने अन्य धेरै देशले जस्तै नेपालले पनि भयाभय स्थितिको सामना गर्नु पर्ने देखिन्छ ।




