spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारअमेरिका–इरान तनाव: ट्रम्पले पाँच दिनका लागि आक्रमण रोक्ने घोषणा

अमेरिका–इरान तनाव: ट्रम्पले पाँच दिनका लागि आक्रमण रोक्ने घोषणा

अमेरिका र इजराइलले २८ फ्रेबुअरी देखि सयुक्त रुपमा इरानमाथि गरेको आक्रमण रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्णय गरेका छन,पछिल्लो दुई दिनमा अमेरिका र इरान बीच भएको वार्ता सकारात्मक र परिणाममुखी रहेको भन्दै ट्रम्पले पाँच दिनकालागि अस्थाई रुपमा रोक्ने बताएका छन्। उनले मध्यपूर्व क्षेत्रमा जारी तनाव समाधानका लागि महत्वपूर्ण प्रगति भएको उल्लेख गरेका छन्। यो कदमलाई तनाव घटाउने प्रयासका रूपमा हेरिएको छ।

यसअघि, इरानको राष्ट्रिय रक्षा परिषद्ले चेतावनी दिँदै इरानी तट वा टापुहरूमा कुनै पनि सैन्य कारबाही भए फारसको खाडीका सबै समुद्री मार्गहरूमा विस्फोटक पदार्थ बिछ्याइने जनाएको थियो। साथै, होर्मुज स्ट्रेट पुनः सञ्चालन गर्न ट्रम्पले दिएको समयसीमा पनि आज समाप्त हुँदैछ।

यस घोषणापछि अन्तर्राष्ट्रिय बजारमा सकारात्मक प्रभाव देखिएको छ। बीबीसीका अनुसार कच्चा तेलको मूल्य करिब १३ प्रतिशतले घटेर प्रति ब्यारेल ९६ डलरमा झरेको छ। यसअघि २ प्रतिशतभन्दा बढीले घटेको एफटीएसई १०० सूचकांक अहिले ०।५ प्रतिशतले बढेको छ।

त्यस्तै, ग्यासको मूल्य पनि १५९ पेन्स प्रति थर्मबाट घटेर करिब १३९ पेन्समा आएको छ, जसले बजारमा स्थिरता आउने संकेत दिएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here