Thursday, July 30, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

कम फ्याट भेटिएपछि सिताराम गोकुल मिल्क्सको प्रशोधित दूध नियन्त्रणमा

दूधमा हुनुपर्ने चिल्लो पदार्थ फ्याट को मात्रा मापदण्डभन्दा कम देखिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सिताराम गोकुल मिल्क्स उद्योगद्वारा उत्पादन गरिएको प्रशोधित दूध रोक्का गरेको छ। विभागले गरेको अनुगमनका क्रममा उद्योगको…


विज्ञापनAdvertisement Banner
1 min read

दूधमा हुनुपर्ने चिल्लो पदार्थ फ्याट को मात्रा मापदण्डभन्दा कम देखिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सिताराम गोकुल मिल्क्स उद्योगद्वारा उत्पादन गरिएको प्रशोधित दूध रोक्का गरेको छ।

विभागले गरेको अनुगमनका क्रममा उद्योगको लगबुकमा दूधको फ्याट ३।० प्रतिशत हुनुपर्ने मापदण्ड भए पनि १।४ प्रतिशत मात्र रहेको पाइयो। सोही उत्पादन मिति २०८२/१२/०२, ब्याच नम्बरस् २८६१०० को नमुना उद्योगकै प्रयोगशालामा परीक्षण गर्दा पनि न्यूनतम आवश्यक मापदण्ड भन्दा कम फ्याट रहेको पुष्टि भएको हो। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३३ बमोजिम बिक्रीका लागि तयारी अवस्थामा रहेको ५१९ केट प्रशोधित दूध नियन्त्रणमा लिइएको छ। साथै, थप परीक्षण तथा अनुसन्धानका लागि नमुना सङ्कलन गरी प्रयोगशालामा पठाइएको विभागले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/