Thursday, July 30, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

रास्वपा सभापति रवि लामिछानेसम्बन्धी मुद्दा: सर्वोच्चमा सुनुवाइ अपूरो, बिहीबार पुनः बहस

सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्ध दायर अभियोगपत्र संशोधनको विषयमा परेको रिटमाथिको सुनुवाइ मंगलबार पनि टुंगोमा पुग्न सकेन। बहस अपूरो रहँदा इजलासले मुद्दालाई ‘हेर्दाहेर्दै’मा राख्दै अब बिहीबारका लागि सारिएको…


विज्ञापनAdvertisement Banner
1 min read

सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्ध दायर अभियोगपत्र संशोधनको विषयमा परेको रिटमाथिको सुनुवाइ मंगलबार पनि टुंगोमा पुग्न सकेन। बहस अपूरो रहँदा इजलासले मुद्दालाई ‘हेर्दाहेर्दै’मा राख्दै अब बिहीबारका लागि सारिएको जनाएको छ। बुधबार घोडेजात्रा पर्वका कारण सार्वजनिक बिदा परेकाले अर्को सुनुवाइ बिहीबार हुने तय गरिएको हो। न्यायाधीशहरू सारंगा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले यस मुद्दामा सुनुवाइ गरिरहेको छ।

इजलासले समान प्रकृतिका माग भएका तीनवटा रिटलाई एकैसाथ राखेर बहस अघि बढाइरहेको छ। युवराज पौडेल सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले दायर गरेका रिटमाथि सुनुवाइ भइरहेको हो। यसअघि न्यायाधीशहरू सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले फागुन २७ गते पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश दिएको थियो। माघ ४ गते दर्ता भएका यी रिटहरू महान्यायाधिवक्ताको कार्यालयले विभिन्न अदालतमा दायर अभियोगपत्र संशोधन गर्ने निर्णयविरुद्ध परेका हुन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/