Thursday, July 30, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

वायु प्रदूषणको भयावह असर : नेपालमा बर्सेनि ४२ हजारको मृत्यु

काठमाडौं — नेपालमा वायु प्रदूषणका कारण हरेक वर्ष करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीमध्ये करिब २१ प्रतिशत मृत्यु पाँच वर्षमुनिका बालबालिकामा…


विज्ञापनAdvertisement Banner
3 min read

काठमाडौं — नेपालमा वायु प्रदूषणका कारण हरेक वर्ष करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीमध्ये करिब २१ प्रतिशत मृत्यु पाँच वर्षमुनिका बालबालिकामा हुने गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी विभिन्न रोगहरू तीव्र रूपमा बढ्दै गएका छन्। दम, मुटुरोग, हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, क्यान्सर तथा स्मरणशक्ति कमजोर हुने समस्या समेत प्रदूषणसँग सम्बन्धित रहेको उनले बताए।

विज्ञहरूका अनुसार वायु प्रदूषणले विशेषगरी बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ। प्रदूषणका कारण बालबालिकामा श्वासप्रश्वाससम्बन्धी समस्या, मुटुसम्बन्धी रोगको जोखिम, शिशु बिरामीदर वृद्धि, बाल्यकालमै क्यान्सरको सम्भावना, मस्तिष्क विकासमा ढिलाइ तथा असामान्य व्यवहार जस्ता समस्या देखिन सक्ने जनाइएको छ। साथै, प्रदूषणले कुपोषणको जोखिमसमेत बढाउन सक्ने बताइएको छ।

यसका साथै वायु प्रदूषणले गर्भवती महिला र नवजात शिशुको स्वास्थ्यमा पनि प्रत्यक्ष असर पार्ने चिकित्सकहरूले बताएका छन्। प्रदूषणका कारण कम तौलका शिशु जन्मिनु, रक्तअल्पता देखिनु, बाँझोपनको समस्या आउनु, गर्भकालीन मधुमेह तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्ने जोखिम रहने जनाइएको छ।

मन्त्रालयका अनुसार नेपालमा वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तोकेको मापदण्डभन्दा करिब आठ गुणासम्म बढी रहेको छ। बिहीबार नेपालमा वायु गुणस्तर सूचकांक (AQI) १८५ सम्म पुगेको थियो, जुन स्वास्थ्यका लागि अस्वस्थ मानिने स्तर हो।

डब्लुएचओका अनुसार स्वास्थ्यका लागि सुरक्षित मानिने सूक्ष्म कण (PM2.5) को वार्षिक औसत मात्रा प्रतिघनमिटर पाँच माइक्रोग्रामभन्दा बढी हुनुहुँदैन। तर नेपालमा उक्त मापदण्डभन्दा धेरै बढी मात्रामा प्रदूषण रहेको मन्त्रालयले जनाएको छ। यस्ता सूक्ष्म कणहरू हावामा तैरिरहने र सासमार्फत फोक्सोसम्म पुग्ने भएकाले मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुने चिकित्सकहरूले बताएका छन्।

वायु गुणस्तर सूचकांक ० देखि ५० सम्मलाई स्वस्थ मानिन्छ भने ५१ देखि १०० सम्म सचेत रहने अवस्था मानिन्छ। १०१ देखि १५० सम्म पुगेमा ज्येष्ठ नागरिक, दीर्घरोगी र बालबालिकाजस्ता जोखिम समूहका लागि हानिकारक हुन्छ। १५१ भन्दा माथि पुगेमा भने सम्पूर्ण जनस्वास्थ्यका लागि अस्वस्थ मानिन्छ।

विज्ञहरूका अनुसार यदि वायु प्रदूषणलाई डब्लुएचओको मापदण्डभित्र ल्याउन सकियो भने नेपालीहरूको औसत आयु प्रत्येक वर्ष करिब ३.३ वर्षसम्म बढ्न सक्ने अनुमान गरिएको छ। विश्वव्यापी रूपमा पनि वायु प्रदूषणका कारण बर्सेनि करिब ७९ लाख मानिसको मृत्यु हुने गरेको छ, जसमा करिब ९० प्रतिशत कम तथा मध्यम आय भएका देशका नागरिक पर्ने गरेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/