बिहिबार, १२ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

कृषि फार्मका लागि सहुलियत अनुदान दिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी, दुई जना पक्राउ

काठमाडौं — कृषि फार्म सञ्चालनका लागि सहुलियत अनुदान उपलब्ध गराइदिने प्रलोभन देखाएर ५ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१३ ताहाचलका ५२…


विज्ञापनAdvertisement Banner
◷
2 min read

काठमाडौं — कृषि फार्म सञ्चालनका लागि सहुलियत अनुदान उपलब्ध गराइदिने प्रलोभन देखाएर ५ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१३ ताहाचलका ५२ वर्षीय श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोटका ६० वर्षीय प्रेमनारायण खनाल रहेका छन्। महर्जन तिलक बुढाथोकी नामले समेत चिनिने प्रहरीले जनाएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार उनीहरूले सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीसँग आफ्नो राम्रो चिनजान रहेको र सहजै सहुलियत अनुदान उपलब्ध गराउन सक्ने भन्दै पीडितलाई विश्वासमा लिएका थिए। सोही विश्वासको फाइदा उठाउँदै विभिन्न बहाना बनाएर पटक–पटक गरी ठूलो रकम ठगी गरेको उनीहरूमाथि आरोप छ।

यस प्रकरणमा जालिम सिंह महतोको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको ठगीसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ। सरकारी निकायमा पहुँच रहेको भन्दै अनुदान दिलाउने आश्वासन दिएर रकम असुलिएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

सीआईबीका अनुसार काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर दुवै जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका उनीहरूलाई कात्तिक ११ गते जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *