बिहिबार, १२ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

राष्ट्र बैंकले आज १५० अर्ब रुपैयाँ तरलता खिच्ने

काठमाडौं — बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज कात्तिक १२ गते १५० अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थामा रहेको…


विज्ञापनAdvertisement Banner
◷
1 min read

काठमाडौं — बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज कात्तिक १२ गते १५० अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थामा रहेको अतिरिक्त रकम खिच्न लागेको हो।

राष्ट्र बैंकले पछिल्लो समय बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। सोही क्रममा आज पुनः १५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न लागिएको हो।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणको बोलकबोल आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुनेछ। उक्त उपकरणमा निक्षेपको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ। यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउनेछन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *