काठमाडौं —एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले कोशी प्रदेशका विभिन्न शाखाहरूका लागि कर्मचारी माग गरेको छ। बैंकले जारी गरेको सूचना अनुसार विराटनगर, बेलबारी, फिदिम र खाँदबारी शाखामा कार्यरत रहने गरी गोल्ड टेस्टर पदका लागि ४ जना कर्मचारी आवश्यक रहेको जनाएको हो।
उक्त पदका लागि न्यूनतम शैक्षिक योग्यता एसइई उत्तीर्ण हुनुपर्नेछ। साथै, सुन तथा गहनाको मूल्याङ्कन सम्बन्धी तालिम प्राप्त गरेका उम्मेदवारलाई प्राथमिकता दिइने बैंकले उल्लेख गरेको छ।
बैंक तथा वित्तीय संस्था वा सुन व्यवसायसँग सम्बन्धित संस्थामा गोल्ड टेस्टरको रूपमा कम्तीमा दुई वर्षको कार्यअनुभव अनिवार्य रहेको छ। सुन परीक्षण, बहुमूल्य धातुको मूल्याङ्कन तथा गहना परीक्षणमा व्यवहारिक अनुभव भएका उम्मेदवारहरूलाई विशेष प्राथमिकता दिइनेछ।
यसका अतिरिक्त, आधारभूत कम्प्युटर ज्ञान, अभिलेख व्यवस्थापन सीप, राम्रो सञ्चार क्षमता तथा टिममा काम गर्न सक्ने दक्षता भएका उम्मेदवारलाई प्राथमिकतामा राखिनेछ।
इच्छुक तथा योग्य उम्मेदवारहरूले आगामी जेठ ६ गते साँझ ५:३० बजेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ।




