Friday, September 11, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सम्पदा लघुवित्तमा विभिन्न पदका लागि कर्मचारी माग

काठमाडौं — सम्पदा लघुवित्तले केन्द्रीय कार्यालयका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ। नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त यस राष्ट्रियस्तरको वित्तीय संस्थाले खुला प्रतिस्पर्धामार्फत योग्य जनशक्ति भर्ना गर्न लागेको जनाएको…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — सम्पदा लघुवित्तले केन्द्रीय कार्यालयका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ। नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त यस राष्ट्रियस्तरको वित्तीय संस्थाले खुला प्रतिस्पर्धामार्फत योग्य जनशक्ति भर्ना गर्न लागेको जनाएको छ।

संस्थाले व्यवस्थापकीय श्रेणीअन्तर्गत वरिष्ठ प्रबन्धक/प्रबन्धक पदमा केही संख्यामा आवेदन आह्वान गरेको छ। उक्त पदका लागि मान्यता प्राप्त संस्थाबाट सीए वा एसीसीए उत्तीर्ण भई सम्बन्धित प्रमाणपत्र हासिल गरेको हुनुपर्नेछ। साथै, नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामा अधिकृत तहमा कम्तीमा १ वर्ष तथा कुनै संगठित संस्थामा कम्तीमा ३ वर्ष कार्यअनुभव आवश्यक पर्नेछ। एनआरबी डाइरेक्टिभ्स, एसआईएस/ईसीएल/एनएफआरएस रिपोर्टिङ, कर कानून तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनबारे ज्ञान भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।

त्यसैगरी, सूचना प्रविधि विभाग तथा केन्द्रीय कार्यालयका लागि सुपरिवेक्षक, वरिष्ठ सहायक, सहायक तथा कनिष्ठ सहायक पदमा पनि कर्मचारी माग गरिएको छ। सहायक श्रेणीअन्तर्गत पर्ने यी पदका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट सूचना प्रविधि विषयमा कम्तीमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, बैंक तथा वित्तीय संस्था वा अन्य संगठित संस्थामा कम्तीमा १ वर्षको कार्यअनुभव आवश्यक रहेको छ।

उमेर हदअनुसार वरिष्ठ प्रबन्धक/प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। सुपरिवेक्षकदेखि कनिष्ठ सहायकसम्मका पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने महिला उम्मेदवारका हकमा माथिल्लो उमेर सीमामा ५ वर्ष थप सुविधा प्रदान गरिएको छ।

इच्छुक उम्मेदवारहरूले नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्र, हालसालै खिचिएको फोटो तथा बायोडाटा संलग्न गरी आवेदन दिन सक्नेछन्। आवेदन चैत २२ गतेभित्र संस्थाको केन्द्रीय कार्यालय वा तोकिएको इमेल ठेगानामा पठाउन सकिनेछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/