
काठमाडौं — चालु आर्थिक वर्ष २०८३/८४ को दोस्रो महिनासम्म वाणिज्य बैंकहरूको निक्षेप संकलन बढेको छ । असार मसान्तको तुलनामा भदौ मसान्तसम्म २० वाणिज्य बैंकको कुल निक्षेप ६७ अर्ब ३४ करोड रुपैयाँले बढेको हो ।
असार मसान्तसम्म २० वाणिज्य बैंकले कुल ७४ खर्ब ९८ अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । भदौ मसान्तसम्म उक्त रकम बढेर ७५ खर्ब ६५ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकहरूको कुल निक्षेप करिब ०.९ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
भदौ मसान्तसम्म २० वाणिज्य बैंकमध्ये १४ वटा बैंकको निक्षेप बढेको छ भने ६ वटा बैंकको निक्षेप घटेको छ ।
निक्षेप संकलनका आधारमा ग्लोबल आइएमई बैंक अगाडि रहेको छ । बैंकको निक्षेप असार मसान्तको ७० खर्ब ४ करोड ४० लाख रुपैयाँबाट बढेर भदौ मसान्तसम्म ७० खर्ब १० अर्ब ७ करोड रुपैयाँ पुगेको छ । दुई महिनामा बैंकको निक्षेप ६३ करोड रुपैयाँले बढेको हो ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको निक्षेप १२ अर्ब २३ करोड रुपैयाँले बढेर ६९ खर्ब ३८ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । असार मसान्तमा बैंकको निक्षेप ६८ खर्ब १६ अर्ब ३० करोड रुपैयाँ थियो ।
तेस्रो स्थानमा रहेको नबिल बैंकको निक्षेप भने दुई महिनामा १८ अर्ब ६८ करोड रुपैयाँले बढेको छ । असार मसान्तमा ६० खर्ब १८ अर्ब ८८ करोड रुपैयाँ रहेको बैंकको निक्षेप भदौ मसान्तसम्म ६२ खर्ब ५ करोड ६० लाख रुपैयाँ पुगेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको निक्षेप ४९ करोड रुपैयाँले घटेर ५२ खर्ब ८६ अर्ब ७० करोड रुपैयाँमा झरेको छ । लक्ष्मी सनराइज बैंकको निक्षेप ३ अर्ब ७५ करोड रुपैयाँले बढेर ४३ खर्ब २५ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।
नेपाल बैंकको निक्षेप ६ अर्ब ७४ करोड रुपैयाँले बढेर ४२ खर्ब ३१ अर्ब २० करोड रुपैयाँ पुगेको छ भने हिमालयन बैंकको निक्षेप ३ अर्ब ८५ करोड रुपैयाँले बढेर ३६ खर्ब ५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।
प्रभु बैंकको निक्षेप ३ अर्ब ७० करोड रुपैयाँले घटेर ३४ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँमा सीमित भएको छ । कृषि विकास बैंकको निक्षेप ८ अर्ब ९० करोड रुपैयाँले घटेर ३४ खर्ब २८ अर्ब ८० करोड रुपैयाँमा झरेको छ ।
सिद्धार्थ बैंकको निक्षेप ७० करोड रुपैयाँले बढेर ३३ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ । एनआईसी एशिया बैंकको निक्षेप भने १३ अर्ब ९० करोड रुपैयाँले घटेर ३३ खर्ब १८ अर्ब रुपैयाँमा झरेको छ । एभरेष्ट बैंकको निक्षेप १२ अर्ब ५५ करोड रुपैयाँले बढेर ३३ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ ।
त्यस्तै, एनएमबी बैंकको निक्षेप १ अर्ब ६३ करोड रुपैयाँले घटेर ३१ खर्ब ६३ अर्ब ४० करोड रुपैयाँमा सीमित भएको छ । प्राइम बैंकको निक्षेप ९ अर्ब ३ करोड रुपैयाँले घटेर २७ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ ।
सानिमा बैंकको निक्षेप २ अर्ब ७८ करोड रुपैयाँले बढेर २५ खर्ब २७ अर्ब १० करोड रुपैयाँ पुगेको छ । माछापुच्छ्रे बैंकको निक्षेप १ अर्ब ९६ करोड रुपैयाँले बढेर २२ खर्ब ४० अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकको निक्षेप पनि ५ अर्ब ८६ करोड रुपैयाँले बढेको छ । भदौ मसान्तसम्म बैंकको कुल निक्षेप १५ खर्ब ५८ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।
यसरी हेर्दा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा केही बैंकको निक्षेपमा उल्लेख्य वृद्धि भए पनि केही बैंकमा भने निक्षेप घटेको देखिएको छ । समग्रमा भने २० वाणिज्य बैंकको कुल निक्षेपमा ६७ अर्ब ३४ करोड रुपैयाँको वृद्धि भएको छ ।






Leave a Reply