Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

शाखा समायोजनसँगै माछापुच्छ्रे बैंकका ८ शाखा कार्यालय बन्द

काठमाडौं - माछापुच्छ्रे बैंकले आठ वटा शाखा कार्यालय एकआपसमा समायोजन गरी नयाँ व्यवस्थाअनुसार सञ्चालनमा ल्याएको जनाएको छ। बैंकका अनुसार साउन १८ गतेदेखि लागू हुने गरी शाखा समायोजन गरिएको हो। समायोजनपछि सम्बन्धित ग्राहकहरूले…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – माछापुच्छ्रे बैंकले आठ वटा शाखा कार्यालय एकआपसमा समायोजन गरी नयाँ व्यवस्थाअनुसार सञ्चालनमा ल्याएको जनाएको छ।

बैंकका अनुसार साउन १८ गतेदेखि लागू हुने गरी शाखा समायोजन गरिएको हो। समायोजनपछि सम्बन्धित ग्राहकहरूले नयाँ तोकिएका शाखाबाट सबै बैंकिङ सेवा यथावत रूपमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

बैंकले सार्वजनिक गरेको विवरणअनुसार चितवनको हाकिमचोक शाखालाई नारायणगढ शाखासँग, काठमाडौंको बालाजु शाखालाई गोंगबु शाखासँग, खुसी शाखालाई डल्लु शाखासँग, कलंकी शाखालाई स्वयम्भू शाखासँग, कोटेश्वर शाखालाई नयाँ बानेश्वर शाखासँग तथा ठमेल शाखालाई दरबारमार्ग शाखासँग समायोजन गरिएको छ।

यस्तै, कास्कीको लामाचौर शाखालाई बगर शाखासँग तथा पर्साको वीरगञ्ज (लिङ्क रोड) शाखालाई आदर्शनगर शाखासँग समायोजन गरिएको बैंकले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/