Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

हिमालयन लघुवित्तले कमायो १० करोड ६६ लाख नाफा, अन्य सूचक कस्ता?

काठमाडौं - हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा १० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षमा कमाएको ७ करोड १४ लाख रुपैयाँभन्दा ४९.१८ प्रतिशतले बढी हो।…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा १० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षमा कमाएको ७ करोड १४ लाख रुपैयाँभन्दा ४९.१८ प्रतिशतले बढी हो।

गत वर्षमा कम्पनीको खुद ब्याज आम्दानी पनि ३७ करोड ९ लाख रुपैयाँबाट ४४ करोड २२ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ४२ करोड ३९ लाख रुपैयाँबाट साढे ४९ करोड रुपैयाँ पुगेको छ।

कम्पनीको ईपीएस २२.३४ रुपैयाँबाट ३१.२६ रुपैयाँ पुगेको छ भने एनपीएल ७.४८ प्रतिशतबाट ९.०४ प्रतिशत पुगेको छ। बेसरेट १२.७२ प्रतिशतबाट ११.७० प्रतिशतमा झरेको कम्पनीको प्रतिशेयर नेटवर्थ १६२.५२ रुपैयाँ रहेको छ।

चुक्ता पूँजी ३४ करोड १० लाख रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ कोषमा १५ करोड ३६ लाख रुपैयाँ सञ्चिति रहेको छ भने वितरणयोग्य मुनाफा ९ करोड २५ लाख रुपैयाँ रहेको छ। कम्पनीले ४ अर्ब ९६ करोड २७ लाख रुपैयाँ कर्जा प्रवाह गरी १ अर्ब २७ करोड २१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/