Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

तीन बैंकलाई राष्ट्र बैंकको नगद जरिवाना, कुनलाई कति ?

काठमाडौं - तीन विकास बैंकलाई  राष्ट्र बैंकले नगद जरिवाना गरेको छ। मितेरी डेभलपमेन्ट ,सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक राष्ट्र बैंकको नगद जरिवानामा परेका हुन् । राष्ट्र बैंकले बैंकहरुलाई निश्चित अवधिभित्र…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – तीन विकास बैंकलाई  राष्ट्र बैंकले नगद जरिवाना गरेको छ। मितेरी डेभलपमेन्ट ,सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक राष्ट्र बैंकको नगद जरिवानामा परेका हुन् ।

राष्ट्र बैंकले बैंकहरुलाई निश्चित अवधिभित्र अनिवार्य नगद मौज्दात कायम नसकेको भन्दै जरिवाना गरेको हो ।

यी बैंकहरुले २०८२ पुस १३ गतेदेखि फागुन ९ गतेसम्मको अवधिका लागि अनिवार्य नगद मौज्दात कायम नसकेको राष्ट्र बैंकले जनाएको छ।

सिन्धुलाई २.८४ रुपैयाँ, सप्तकोशीलाई १० हजार २५३.८५ रुपैयाँ र मितेरीलाई १८ हजार ५०५.७१ रुपैयाँ नगद जरिवाना गरिएको छ। यो कारबाही राष्ट्र बैंकको राष्ट्र बैंक सुपरिवेक्षण विभागले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा गरेको हो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/