spot_img
25.1 C
Kathmandu
spot_img
Homeवित्तबैंक/वित्तसामान्य बढ्यो मितेरी डेभलपमेन्ट बैंकको नाफा, ब्याज आम्दानीमा उल्लेख्य सुधार

सामान्य बढ्यो मितेरी डेभलपमेन्ट बैंकको नाफा, ब्याज आम्दानीमा उल्लेख्य सुधार

काठमाडौं – मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार बैंकको खुद नाफा ८.९८ प्रतिशतले बढेर १४ करोड १२ लाख १५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १२ करोड ९५ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

सञ्चालन आम्दानी बढेकाले बैंकको नाफामा वृद्धि भएको हो। यद्यपि, समीक्षा अवधिमा इम्पेयरमेन्ट चार्ज २१ लाख ७० हजार रुपैयाँ रिभर्सलबाट बढेर १ करोड ६० लाख ६३ हजार रुपैयाँ पुगेको छ।

चौथो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी ५०.२६ प्रतिशतले बढेर ३० करोड ७४ लाख रुपैयाँ पुगेको छ। यस्तै, सञ्चालन आम्दानी १३.१५ प्रतिशतले बढेर ३५ करोड ०९ लाख रुपैयाँ पुगेको छ। सञ्चालन नाफा पनि ८.६३ प्रतिशतले बढेर २० करोड १७ लाख रुपैयाँ पुगेको छ।

बैंकको खराब कर्जा अनुपात ०.०२ प्रतिशतबिन्दुले घटेर ०.२६ प्रतिशतमा सीमित भएको छ, जसले कर्जा गुणस्तर अझ सुधारिएको संकेत गर्छ। समीक्षा अवधिमा बैंकले ८ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षको तुलनामा निक्षेप ३६.०७ प्रतिशत र कर्जा २९.२५ प्रतिशतले बढेको हो।

बैंकको वितरणयोग्य नाफा १५ करोड ४८ लाख ६६ हजार रुपैयाँ रहेको छ। यस आधारमा वितरणयोग्य प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७३ पैसा रहेको देखिन्छ। यद्यपि, अघिल्लो वर्षको तुलनामा वितरणयोग्य नाफा ५.०१ प्रतिशत र वितरणयोग्य प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४० पैसाबाट घटेको छ, जसले लाभांश क्षमतामा सामान्य दबाब परेको संकेत गर्छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ३७ करोड ८ लाख रुपैयाँ पुगेको छ। प्रतिसेयर आम्दानी १० रुपैयाँ ६५ पैसाबाट बढेर ११ रुपैयाँ ६० पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ २० पैसा रहेको छ।

अन्य वित्तीय सूचकहरूमा बैंकको आधार दर ७.३६ प्रतिशतबाट घटेर ५.९८ प्रतिशतमा झरेको छ भने ब्याजदर स्प्रेड ४.६० प्रतिशतबाट ४.३७ प्रतिशतमा सीमित भएको छ। कर्जा–निक्षेप अनुपात ८९.६२ प्रतिशतबाट घटेर ८१.३९ प्रतिशतमा आएको छ भने पूँजी कोष अनुपात २५.७५ प्रतिशत कायम रहेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here