spot_img
25.1 C
Kathmandu
spot_img
Homeवित्तबैंक/वित्तसांग्रिला डेभलपमेन्ट बैंकले कमायो ८९ करोड नाफा, वित्तीय सूचकमा लोभलाग्दो प्रगति

सांग्रिला डेभलपमेन्ट बैंकले कमायो ८९ करोड नाफा, वित्तीय सूचकमा लोभलाग्दो प्रगति

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आव २०८२/८३ को अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार बैंकले अघिल्लो आव २०८१/८२ को तुलनामा गत आवमा नाफा सहित अधिकांश वित्तीय सूचकहरूमा लोभलाग्दो प्रगति गर्न सफल भएको हो।

बैंकले अघिल्लो आवमा ६० करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा त्यसको तुलनामा गत आवमा करीब ४७ प्रतिशतको वृद्धि सहित ८९ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो। गत आवमा बैंकको आम्दानीमा उल्लेख्य वृद्धि भएका कारण नाफामा पनि उछाल आएको हो।

बैंकले अघिल्लो आवमा २ अर्ब ७ करोड १४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत आवमा १६.८३ प्रतिशतको वृद्धि सहित २ अर्ब ४२ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ। योसँगै बैंकको कुल सञ्चालन आम्दानी पनि २ अर्ब ४६ करोड ११ लाख रुपैयाँबाट २० प्रतिशतले बढेर २ अर्ब ९५ करोड २७ लाख रुपैयाँ नाघेको छ।

यसरी आम्दानी बढेपछि बैंकको सञ्चालन मुनाफा पनि ८८ करोड ४४ लाख रुपैयाँबाट ५३ प्रतिशतले बढेर १ अर्ब ३५ करोड ३० लाख रुपैयाँ नाघेको छ भने वितरणयोग्य मुनाफा ३६ करोड ८३ लाख रुपैयाँबाट बढेर ४९ करोड २३ लाख रुपैयाँ पुगेको छ। यता बैंकको ईपीएस १७.०६ रुपैयाँबाट बढेर २३.८३ रुपैयाँ पुगेको छ भने एनपीएल ५.५२ प्रतिशतबाट बढेर ६.८७ प्रतिशत पुगेको छ।

बैंकको बेस रेट ७.०८ प्रतिशतबाट घटेर ५.५७ प्रतिशतमा झरेको छ भने प्रतिशेयर नेटवर्थ १६९.५० रुपैयाँमा कायम भएको छ। बैंकको चुक्ता पूँजी ५ प्रतिशतले बढेर ३ अर्ब ७३ करोड ४० लाख रुपैयाँ पुग्दा जगेडा कोषमा ४९ करोड २३ लाख रुपैयाँ र रिजर्भमा २ अर्ब १० करोड २६ लाख रुपैयाँ सञ्चिति रहेको छ। बैंकले ४५ अर्ब ८७ करोड ४९ लाख रुपैयाँ कर्जा प्रवाह गरी ५६ अर्ब ९२ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here