Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेपाल राष्ट्र बैंकद्वारा एकीकृत निर्देशकाका ६ वटा बुँदा शंशोधन

काठमाडौं - नेपाल राष्ट्र बैंकले आर्थिक बर्षको अन्तिम दिनमा एकीकृत निर्देशिका २०८२ का छ वटा बुँदाहरु संशोधन गरी मौद्रिक नीतिको कार्यान्वयन सुरु प्रक्रिया अघि बढाएको छ । हिजो साँझ जारी निर्देशिकामा यसअघिका…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – नेपाल राष्ट्र बैंकले आर्थिक बर्षको अन्तिम दिनमा एकीकृत निर्देशिका २०८२ का छ वटा बुँदाहरु संशोधन गरी मौद्रिक नीतिको कार्यान्वयन सुरु प्रक्रिया अघि बढाएको छ ।

हिजो साँझ जारी निर्देशिकामा यसअघिका छ वटा बुँदाहरुलाई संशोधन गरिएको छ ।

नयाँ एकीकृत निर्देशिकामा गरिएको व्यवस्था अनुसार निर्माण व्यवसायीहरुलाई १० प्रतिशत ब्याज तिरेर कर्जा नविकरण गर्न छुट दिइएको छ ।

नयाँ व्यवस्थामा केवाईसी अपडेटमा सुविधा दिइएको छ । त्यसैगरी, चालु पुँजि कर्जाको कर्जा अनुपात मिलाउने समयावधी २०८४ असार मसान्तसम्म थपिएको छ ।

व्यवसायीहरुलाई खुशी पार्न र शेयर बजारमा केही खुकुलो पार्न खोजिएको नयाँ व्यवस्थाले तत्कालै कुनै ठूलो फेरबदल भने हुनेछैन ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/