spot_img
25.1 C
Kathmandu
spot_img
Homeवित्तबैंक/वित्तआजै आउँदै मौद्रिक नीति, लचिलो कार्यदिशासहित कर्जा विस्तारमा जोड

आजै आउँदै मौद्रिक नीति, लचिलो कार्यदिशासहित कर्जा विस्तारमा जोड

काठमाडौं — नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारी पूरा गरेको छ। आर्थिक अनुसन्धान विभागले तयार पारेको मस्यौदामाथि व्यवस्थापन तहमा छलफल भइरहेको छ भने त्यसको स्वीकृतिपछि सञ्चालक समितिबाट अन्तिम निर्णय गरी आजै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिएको स्रोतले जनाएको छ।

यसै प्रक्रियाअन्तर्गत राष्ट्र बैंकको व्यवस्थापन समितिको बैठक मंगलबार बिहान साढे ९ बजेदेखि बसेको छ। व्यवस्थापन समितिबाट मस्यौदा अनुमोदन भएपछि तत्काल सञ्चालक समितिको बैठक बोलाइनेछ। सञ्चालक समितिले पारित गरेसँगै नयाँ मौद्रिक नीति सार्वजनिक गरिने कार्यक्रम रहेको छ।

यस वर्षको मौद्रिक नीतिले समग्र आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उद्देश्यसहित लचिलो कार्यदिशालाई निरन्तरता दिने अपेक्षा गरिएको छ। नीति निर्माणका क्रममा मौद्रिक कार्यदिशा, विभिन्न मौद्रिक औजारको प्रयोग तथा ब्याजदर करिडोरसम्बन्धी व्यवस्था समेटिने भए पनि नियामकीय प्रावधानहरू भने यसपटक मौद्रिक नीतिमार्फत परिवर्तन नगरिने तयारी रहेको बुझिएको छ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत ७ प्रतिशत आर्थिक वृद्धि र ६ प्रतिशतभित्र मुद्रास्फीति कायम गर्ने लक्ष्य अघि सारेको छ। यही लक्ष्यलाई सहयोग पुग्ने गरी मौद्रिक नीति तयार पारिएको जनाइएको छ।

यद्यपि मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा केही अनिश्चितता देखिएको र त्यसको प्रभाव मूल्यवृद्धिमा सीमित रूपमा पर्न सक्ने आकलन गरिएको छ। तर मुलुकभित्र पर्याप्त तरलता उपलब्ध रहेकाले तत्काल उच्च मुद्रास्फीतिको जोखिम नरहेको राष्ट्र बैंकको विश्लेषण छ। अन्तर्राष्ट्रिय परिस्थिति सहज बन्दै गए मूल्यवृद्धिमाथि थप दबाब सिर्जना हुने सम्भावना न्यून रहने निष्कर्षका आधारमा यस वर्ष पनि अर्थतन्त्रमा कर्जाको प्रवाह बढाउने अर्थात् ‘क्रेडिट पुश’ गर्ने रणनीतिलाई मौद्रिक नीतिले निरन्तरता दिने तयारी गरिएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here