spot_img
25.1 C
Kathmandu
spot_img
Homeवित्तबैंक/वित्तअधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा आज पनि ४५ अर्ब रुपैयाँको ऋणपत्र...

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा आज पनि ४५ अर्ब रुपैयाँको ऋणपत्र जारी

काठमाडौं — नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज पनि ४५ अर्ब रुपैयाँ बराबरको एकवर्षे ऋणपत्र जारी गर्ने भएको छ।

केन्द्रीय बैंकले अनलाइन बोलकबोलमार्फत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ख’ जारी गर्न लागेको हो। उक्त ऋणपत्रको साँवा भुक्तानी २०८४ असार १७ गते हुनेछ भने ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने राष्ट्र बैंकले जनाएको छ।

ऋणपत्रको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउनेछन्। बोलकबोल ब्याजदरका आधारमा हुनेछ र बहुब्याजदरमा समेत प्रस्ताव पेश गर्न सकिने व्यवस्था गरिएको छ। ऋणपत्रको अन्तिम ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुनेछ। बोलकबोल प्रक्रिया आज दिउँसो ३ बजे अनलाइन माध्यमबाट सञ्चालन गरिनेछ।

राष्ट्र बैंकका अनुसार ऋणपत्र बाँडफाँड गर्दा बोलकबोलमा प्रस्तावित ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी आह्वान गरिएको रकम वा समितिले निर्धारण गरेको बाँडफाँड रकमसम्मको विन्दुमा कायम हुने ब्याजदरलाई एकल ब्याजदरका रूपमा निर्धारण गरिनेछ। सोही एकल ब्याजदरमा उक्त दर र सोभन्दा कम ब्याजदरमा बोलकबोल गर्ने सहभागीलाई ऋणपत्र बिक्री गरिने व्यवस्था छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here