Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

के बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर स्थिर रहन्छ ?

काठमाडौं — नेपाल राष्ट्र बैंक ले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर सम्बन्धी व्यवस्थालाई स्पष्ट पारेको छ । केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनामूलक सन्देश जारी…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — नेपाल राष्ट्र बैंक ले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर सम्बन्धी व्यवस्थालाई स्पष्ट पारेको छ । केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनामूलक सन्देश जारी गर्दै कर्जाको ब्याजदर स्थिर वा परिवर्तनशील दुवै प्रकारको हुन सक्ने जनाएको हो।

राष्ट्र बैंकका अनुसार स्थिर ब्याजदर तोकिएको अवधिसम्म परिवर्तन हुँदैन भने परिवर्तनशील ब्याजदर बैंक तथा वित्तीय संस्थाको आधार दरमा आउने परिवर्तनअनुसार घटबढ हुने गर्दछ।

परिवर्तनशील ब्याजदरमा कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा प्रिमियम थप गरेर ब्याजदर निर्धारण गर्ने व्यवस्था रहेको जनाइएको छ। यस्तो प्रिमियम ऋणीको जोखिम मूल्याङ्कनका आधारमा तय गरिनुपर्ने उल्लेख गरिएको छ।

एकपटक प्रिमियम दर निर्धारण गरी कर्जा प्रस्तावपत्रमा उल्लेख गरेर कर्जा स्वीकृत भएपछि उक्त प्रिमियम दर बढाउन नपाइने राष्ट्र बैंकले स्पष्ट पारेको छ। साथै, कुनै किसिमको छुट (डिस्काउन्ट) दिएर पछि स्वतः वृद्धि हुने योजना लागू गर्नसमेत नपाइने व्यवस्था रहेको जनाएको छ।

राष्ट्र बैंकले परिवर्तनशील ब्याजदरमा कर्जा लिने ग्राहकलाई कर्जा प्रस्तावपत्र प्राप्त गर्दाकै अवस्थामा आधार दर र प्रिमियम दरबारे स्पष्ट जानकारी लिन आग्रह गरेको छ। साथै, आधार दरमा भएको परिवर्तनका कारण ब्याजदरमा कति परिवर्तन भयो र त्यो कुन मितिदेखि लागू हुन्छ भन्ने विषयमा सम्बन्धित बैंक तथा वित्तीय संस्थासँग जानकारी लिएर स्पष्ट हुनुपर्ने जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/