Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेपाल राष्ट्र बैंकले ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

काठमाडौं – नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank) ले आज ४५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरणमार्फत रकम उठाउने भएको छ। केन्द्रीय बैंकले ४२ दिन अवधिको लागि निक्षेप संकलन गर्न बोलकबोल प्रणालीमार्फत…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank) ले आज ४५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरणमार्फत रकम उठाउने भएको छ।

केन्द्रीय बैंकले ४२ दिन अवधिको लागि निक्षेप संकलन गर्न बोलकबोल प्रणालीमार्फत आह्वान गरेको हो। यसमा ब्याजदर बोलकबोलका आधारमा निर्धारण हुनेछ।

बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १ करोड रुपैयाँ र ५ करोडको गुणकमा हुने गरी अधिकतम आह्वान रकमसम्म आवेदन दिन सक्नेछन्। विभिन्न ब्याजदरमा बहुबोलकबोल गर्न पनि सकिनेछ।

सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिँदै क्रमशः आह्वान रकमसम्म बाँडफाँड गरिनेछ। संकलित रकम २०८३ असार १२ गते साँवा तथा ब्याजसहित फिर्ता गरिनेछ।

उक्त निक्षेप रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा गणना हुने भए पनि अनिवार्य नगद मौज्दात (CRR) मा भने गणना गर्न पाइने छैन।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *