Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं — सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड को लाभांश सुरक्षित गर्ने आज (वैशाख २२ गते) अन्तिम दिन रहेको छ। कम्पनीले वार्षिक साधारणसभा तथा प्रस्तावित लाभांश वितरण प्रयोजनका लागि भोलि वैशाख २३ गते बुक…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड को लाभांश सुरक्षित गर्ने आज (वैशाख २२ गते) अन्तिम दिन रहेको छ। कम्पनीले वार्षिक साधारणसभा तथा प्रस्तावित लाभांश वितरण प्रयोजनका लागि भोलि वैशाख २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

बुक क्लोजअघि आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम रहेका शेयरधनीहरूले मात्रै कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ। उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी जेठ ६ गते आठौं वार्षिक साधारणसभा आयोजना गर्दैछ।

साधारणसभा काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा बिहान ११ बजे बस्ने तय गरिएको छ, जहाँ शेयरधनीहरूले लाभांशसहित अन्य एजेन्डामाथि छलफल तथा निर्णय गर्नेछन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/