काठमाडौं — एनआईसी एशिया बैंकले कम्पनी सचिव पदमा दिनेश भारीलाई नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको वैशाख १७ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो।
यसअघि बैंकमा प्रमुख कानुन अधिकृतको जिम्मेवारी सम्हालिरहेका भारीलाई सोही मितिदेखि लागू हुने गरी कम्पनी सचिव पदमा नियुक्त गरिएको बैंकले जनाएको छ। बैंकिङ क्षेत्रको कानुनी तथा प्रशासनिक अनुभवका आधारमा उनलाई उक्त जिम्मेवारी दिइएको बुझिएको छ।
कम्पनी सचिवको रूपमा भारीले अब बैंकको कर्पोरेट प्रशासन, कानुनी समन्वय तथा सञ्चालक समितिसँग सम्बन्धित कार्यहरू सम्हाल्नेछन्।




