Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

एनआईसी एशिया लघुवित्तमा सीईओ पदका लागि आवेदन खुला

काठमाडौं — एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ। एनआईसी एशिया बैंक लिमिटेड को सहायक कम्पनीका रूपमा सञ्चालनमा रहेको संस्थाले योग्य नेपाली…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ। एनआईसी एशिया बैंक लिमिटेड को सहायक कम्पनीका रूपमा सञ्चालनमा रहेको संस्थाले योग्य नेपाली नागरिकबाट दरखास्त माग गरेको हो।

संस्थाले व्यवस्थापकीय श्रेणीअन्तर्गत एक जना सीईओ नियुक्त गर्ने जनाएको छ। सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र इच्छुक उम्मेदवारले आवेदन दिनुपर्नेछ।

योग्यता सम्बन्धी मापदण्डअनुसार आवेदकले नेपाल राष्ट्र बैंक ले ‘घ’ वर्गका लघुवित्त संस्थाका सीईओका लागि निर्धारण गरेको न्यूनतम शैक्षिक योग्यता पूरा गरेको हुनुपर्नेछ। साथै बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा अन्तर्राष्ट्रिय संस्थामा कम्तीमा १० वर्षको कार्यअनुभव आवश्यक छ, जसमध्ये कम्तीमा ३ वर्ष व्यवस्थापकीय तह वा सोभन्दा माथिको अनुभव अनिवार्य गरिएको छ। लघुवित्त क्षेत्रमा अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने संस्थाले जनाएको छ।

उमेर हदका रूपमा आवेदकले ३५ वर्ष पूरा गरेको र आवेदन दिने मितिसम्म ५८ वर्ष ननाघेको हुनुपर्नेछ। पारिश्रमिक भने आपसी समझदारीका आधारमा तय गरिनेछ।

नियुक्त हुने सीईओले काभ्रेपलाञ्चोकको बनेपास्थित कर्पोरेट कार्यालयबाट कार्य सञ्चालन गर्नुपर्नेछ।

आवेदनका साथ हालसालै खिचिएको फोटो, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता र अनुभव प्रमाणपत्र, दुई जना सिफारिसकर्ताको विवरण, विस्तृत बायोडाटा तथा स्वघोषणा पत्र संलग्न गर्नुपर्नेछ। साथै ५ हजार रुपैयाँ दरखास्त शुल्क एनआईसी एशिया बैंक लिमिटेड को बनेपा शाखास्थित खातामा जम्मा गरी भौचर पेश गर्नुपर्नेछ।

प्राप्त आवेदनमध्ये प्रारम्भिक छनोटमा परेका उम्मेदवारलाई मात्र व्यवसायिक प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाइनेछ। आवेदन इमेलमार्फत वा बनेपास्थित कर्पोरेट कार्यालयमा खामबन्दी रूपमा पेश गर्न सकिने व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/