spot_img
20.9 C
Kathmandu
spot_img
Homeवित्तबैंक/वित्तमुक्तिनाथ विकास बैंकको नाफा ३०% ले वृद्धि, अधिकांश सूचकमा सुधार

मुक्तिनाथ विकास बैंकको नाफा ३०% ले वृद्धि, अधिकांश सूचकमा सुधार

काठमाडौं— मुक्तिनाथ विकास बैंक लिमिटेड ले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै उल्लेखनीय नाफा वृद्धि गरेको जनाएको छ। बैंकका अनुसार अधिकांश वित्तीय सूचकहरूमा सुधार देखिएको छ।

चालू आवको चैत मसान्तसम्म बैंकले ९४ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको ७२ करोड ४८ लाख रुपैयाँको तुलनामा करिब ३० प्रतिशतले बढी हो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.८७ प्रतिशतले वृद्धि भई ३ अर्ब ४४ करोड ५८ लाख रुपैयाँ पुगेको छ। यस्तै, कुल सञ्चालन आम्दानी पनि ४.६७ प्रतिशतले बढेर ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ पुगेको छ।

बैंकको नाफा वृद्धिमा इम्पेयरमेन्ट चार्ज घट्नु मुख्य कारणका रूपमा देखिएको छ। गत वर्ष १ अर्ब २३ करोड ३८ लाख रुपैयाँ रहेको यस्तो चार्ज चालू वर्षमा घटेर ९२ करोड ५७ लाख रुपैयाँमा सीमित भएको छ।

सञ्चालन मुनाफा ३१ प्रतिशतले बढेर १ अर्ब ३५ करोड ६५ लाख रुपैयाँ पुगेको छ। तर, वितरणयोग्य मुनाफा भने घटेर ४३ करोड ८९ लाख रुपैयाँमा सीमित भएको छ।

प्रतिशेयर आम्दानी (EPS) १५.७१ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १३.७१ रुपैयाँ थियो। बैंकको खराब कर्जा (NPL) भने ४.४१ प्रतिशतबाट बढेर ४.८८ प्रतिशत पुगेको छ।

बैंकको प्रतिशेयर नेटवर्थ १५५.०९ रुपैयाँ रहेको छ भने बेस रेट ५.८३ प्रतिशत कायम भएको छ। हाल बैंकको चुक्ता पूँजी ७ अर्ब ४ करोड रुपैयाँ रहेको छ र जगेडा कोषमा ३ अर्ब ४१ करोड रुपैयाँ सञ्चिति रहेको छ।

बैंकले ९७ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने १ खर्ब १७ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरेको जनाएको छ। कुल सम्पत्ति १ खर्ब ३४ अर्ब ८४ करोड रुपैयाँभन्दा बढी पुगेको बैंकले जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here