Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

९ महिनामा वाणिज्य बैंकको नाफा ४९ अर्ब नाघ्यो, नबिल अग्रस्थानमा

काठमाडौं — चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरूको नाफा उल्लेख्य रूपमा बढेको छ। देशभर सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले ९ महिनाको अवधिमा कुल ४९ अर्ब २१ करोड २२…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरूको नाफा उल्लेख्य रूपमा बढेको छ। देशभर सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले ९ महिनाको अवधिमा कुल ४९ अर्ब २१ करोड २२ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेका छन्, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.३० प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा बैंकहरूको कुल नाफा ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ रहेको थियो।

समिक्षा अवधिमा १३ बैंकहरूको नाफा वृद्धि भएको छ भने ७ बैंकहरूको नाफा घटेको देखिन्छ। सबैभन्दा बढी नाफा कमाउने बैंकको सूचीमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ। बैंकले आफ्नो नाफा ३३.९२ प्रतिशतले वृद्धि गर्दै ६ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ पुर्‍याएको छ।

ग्लोबल आईएमई बैंक ४ अर्ब ४० करोड रुपैयाँ नाफासहित दोस्रो स्थानमा रहेको छ, यद्यपि यसको नाफा गत वर्षको तुलनामा २.९३ प्रतिशतले घटेको छ। कुमारी बैंकले भने सबैभन्दा उच्च नाफा वृद्धि गर्दै १३५१ प्रतिशतले उकालो लागेको छ र ४ अर्ब १७ करोड रुपैयाँ नाफासहित तेस्रो स्थानमा पुगेको छ।

एभरेष्ट बैंकको नाफा ३.७१ प्रतिशतले घटेर ३ अर्ब ३२ करोड रुपैयाँमा सीमित भएको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३०.६९ प्रतिशतले घटेर ३ अर्ब १४ करोड रुपैयाँमा झरेको छ।

अन्य बैंकहरूमा प्राइम बैंकले ३ अर्ब ८ करोड, नेपाल बैंकले २ अर्ब ७९ करोड, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ७६ करोड, एनएमबि बैंकले २ अर्ब ६८ करोड र सानिमा बैंकले २ अर्ब ३५ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्। यी बैंकहरूको नाफामा क्रमशः उल्लेख्य वृद्धि देखिएको छ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ४.२४ प्रतिशतले घटेर २ अर्ब ८ करोड रुपैयाँमा सीमित भएको छ। त्यस्तै, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक र नेपाल एसबिआई बैंकले पनि क्रमशः २ अर्बभन्दा कम नाफा आर्जन गरेका छन्।

कृषि विकास बैंकको नाफा २४.४२ प्रतिशतले घटेर १ अर्ब ३९ करोड रुपैयाँमा सीमित भएको छ भने सिटिजन्स बैंकले ३५ प्रतिशत वृद्धि गर्दै १ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएको छ। प्रभु बैंकको नाफा ५४ प्रतिशतले घटेर ८५ करोड रुपैयाँमा झरेको छ।

यसैबीच, हिमालयन बैंकले ५२ प्रतिशत नाफा वृद्धि गरेको छ भने एनआईसी एशिया बैंकको नाफा १० प्रतिशतले घटेर १४ करोड रुपैयाँमा सीमित भएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/