Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेपाल बैंकको नाफा २ अर्ब ७९ करोड, वित्तीय सूचकहरूमा सुधार

काठमाडौं — नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको नाफा सामान्य रूपमा वृद्धि भएको छ भने प्रमुख वित्तीय सूचकहरूमा…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको नाफा सामान्य रूपमा वृद्धि भएको छ भने प्रमुख वित्तीय सूचकहरूमा पनि सुधार देखिएको छ।

समीक्षा अवधिसम्म बैंकले २ अर्ब ७९ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँको तुलनामा ०.३४ प्रतिशतले वृद्धि हो।

त्यसैगरी बैंकको वितरणयोग्य मुनाफा ४.९४ प्रतिशतले बढेर ३२ करोड १३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो मुनाफा ३० करोड ६२ लाख रुपैयाँ रहेको थियो।

बैंकको सञ्चालन मुनाफा भने उल्लेख्य रूपमा वृद्धि भई ४ अर्ब ८५ करोड २८ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको ४ अर्ब ३१ करोड २७ लाख रुपैयाँभन्दा १२.५२ प्रतिशत बढी हो।

त्यस्तै, बैंकको ब्याज आम्दानी २.९९ प्रतिशतले बढेर ७ अर्ब ३१ करोड ३२ लाख रुपैयाँ पुगेको छ। यसले बैंकको मुख्य बैंकिङ कारोबार विस्तार भइरहेको संकेत गर्छ।

व्यवसायिक आधारमा हेर्दा बैंकले चैत मसान्तसम्म ३ खर्ब ८४ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ३९ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षको तुलनामा निक्षेप र कर्जा दुवैमा वृद्धि देखिएको छ।

बैंकको खराब कर्जा अनुपात (एनपीएल) घटेर ४.९६ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष ५.४५ प्रतिशत थियो। यसले सम्पत्ति गुणस्तरमा सुधार भएको देखाउँछ।

त्यसैगरी बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) २५.३४ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ २७२.७९ रुपैयाँ रहेको छ। पीई रेसियो १०.९७ गुणा रहेको बैंकले जनाएको छ।

चुक्ता पूँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ रहेको बैंकको जगेडा कोष २५ अर्ब ६ करोड ८८ लाख रुपैयाँ पुगेको छ। समग्रमा बैंकको नाफा स्थिर रहे पनि सञ्चालन, कर्जा विस्तार र जोखिम व्यवस्थापन सूचकहरूमा सुधार देखिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/