Friday, September 11, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

एभरेष्ट बैंकको नाफा ३ अर्ब ३२ करोड, वित्तीय सूचकमा सुधार

काठमाडौं — एभरेष्ट बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफामा सामान्य गिरावट देखिए पनि अधिकांश वित्तीय सूचकहरूमा सुधार भएको…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — एभरेष्ट बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफामा सामान्य गिरावट देखिए पनि अधिकांश वित्तीय सूचकहरूमा सुधार भएको देखिएको छ।

बैंकले चालू आवको चैत मसान्तसम्म ३ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँको तुलनामा ३.७१ प्रतिशतले कम हो।

यद्यपि बैंकको खुद ब्याज आम्दानीमा भने वृद्धि देखिएको छ। चालू आवमा यस्तो आम्दानी ६ अर्ब ८३ करोड ३४ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको ६ अर्ब ७४ करोड ३९ लाख रुपैयाँभन्दा बढी हो।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ९.२२ प्रतिशतले बढेर ८ अर्ब ९३ करोड १० लाख रुपैयाँ पुगेको छ। तर सञ्चालन मुनाफा भने ३.५३ प्रतिशतले घटेर ४ अर्ब ९० करोड ३६ लाख रुपैयाँमा सीमित भएको छ।

व्यवसाय विस्तारतर्फ हेर्दा बैंकले चैत मसान्तसम्म ३ खर्ब २ अर्ब ४३ करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ५० अर्ब ८७ करोड ९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

हाल बैंकको चुक्ता पूँजी १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ रहेको छ। साथै जगेडा कोषमा १५ अर्ब ५० करोड ८८ लाख रुपैयाँ सञ्चित छ।

बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) ३२ रुपैयाँ ३५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४४ रुपैयाँ २७ पैसा कायम भएको छ। निष्कृय कर्जा अनुपात (एनपीएल) घटेर ०.६१ प्रतिशतमा झरेको छ, जुन गत वर्ष ०.६४ प्रतिशत थियो।

बैंकको बेस रेट ४.५७ प्रतिशत र कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८५.८८ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख गरिएको छ। समग्रमा नाफामा सामान्य गिरावट आए पनि बैंकको सञ्चालन तथा अन्य वित्तीय सूचकहरूमा सकारात्मक सुधार देखिएको विश्लेषण गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/