Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

ज्योति विकास बैंकको नाफा दोब्बरभन्दा बढी वृद्धि, वित्तीय सूचकमा सुधार

काठमाडौं — ज्योति विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा गत वर्षको तुलनामा दोब्बरभन्दा बढीले वृद्धि भएको देखिएको छ। गत आर्थिक वर्षको…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — ज्योति विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा गत वर्षको तुलनामा दोब्बरभन्दा बढीले वृद्धि भएको देखिएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा ३० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालू आवको चैत मसान्तसम्म आइपुग्दा १०५.३० प्रतिशतले वृद्धि गर्दै ६२ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

बैंकको खुद ब्याज आम्दानी पनि सामान्य रूपमा बढेको छ। अघिल्लो वर्ष १ अर्ब ५८ करोड ४१ लाख रुपैयाँ रहेको यस्तो आम्दानी चालू आवमा बढेर १ अर्ब ५९ करोड ६५ लाख रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी पनि १ अर्ब ८५ करोड १२ लाख रुपैयाँबाट वृद्धि भई १ अर्ब ९६ करोड ५४ लाख रुपैयाँ पुगेको छ।

विशेषगरी इम्पेयरमेन्ट चार्जमा आएको ठूलो गिरावटले बैंकको नाफा वृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। अघिल्लो वर्ष ५२ करोड १६ लाख रुपैयाँ रहेको यस्तो चार्ज घटेर ११ करोड ८४ लाख रुपैयाँमा झरेको छ। यससँगै सञ्चालन नाफा पनि ४३ करोड ७९ लाख रुपैयाँबाट बढेर ८९ करोड ९० लाख रुपैयाँ पुगेको छ।

प्रतिशेयर आम्दानी (ईपीएस) ९.३० रुपैयाँबाट बढेर १९.०९ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५१.९० रुपैयाँबाट वृद्धि भई १६३.४३ रुपैयाँ पुगेको छ। यद्यपि, बैंकको खराब कर्जा अनुपात (एनपीएल) भने ४.९८ प्रतिशतबाट बढेर ७.८३ प्रतिशत पुगेको छ, जसले केही जोखिम संकेत गरेको छ।

हाल बैंकको आधार दर ५.९५ प्रतिशत रहेको छ। ४ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ सञ्चिति रहेको छ। बैंकको वितरणयोग्य मुनाफा भने ४३ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

समीक्षा अवधिमा बैंकले ४७ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गर्दै ६४ अर्ब ४९ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरेको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/