
काठमाडौं — नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका संस्थापक शेयरधनीहरूले आफ्नो नाममा रहेको ८२ हजार ९६५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् ।
बैंकका पाँच जना संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको उक्त शेयर आंशिक वा पूर्ण रूपमा बिक्री गर्न आवश्यक स्वीकृतिका लागि बैंकमा निवेदन दिएका हुन् ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक समूहको शेयर बिक्री गर्दा विद्यमान संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार बैंकले आफ्ना सम्पूर्ण संस्थापक शेयरधनीलाई जानकारी गराउन ३५ दिने सूचना प्रकाशित गरेको छ ।
शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको शेयर कित्ता र रकम उल्लेख गरी बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।






Leave a Reply