बिहिबार, १२ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेपाल बैंकका सम्पूर्ण बैंकिङ सेवा अस्थायी रूपमा बन्द हुने

काठमाडौं — नेपाल बैंक लिमिटेडले शाखा समायोजनसम्बन्धी प्राविधिक कार्य तथा तथ्याङ्क स्थानान्तरण (डाटा माइग्रेसन) गर्नुपर्ने भएकाले आफ्ना सम्पूर्ण बैंकिङ सेवा अस्थायी रूपमा बन्द गर्ने भएको छ। बैंकका अनुसार कात्तिक १३ गते शुक्रबार…


विज्ञापनAdvertisement Banner
◷
1 min read

काठमाडौं — नेपाल बैंक लिमिटेडले शाखा समायोजनसम्बन्धी प्राविधिक कार्य तथा तथ्याङ्क स्थानान्तरण (डाटा माइग्रेसन) गर्नुपर्ने भएकाले आफ्ना सम्पूर्ण बैंकिङ सेवा अस्थायी रूपमा बन्द गर्ने भएको छ।

बैंकका अनुसार कात्तिक १३ गते शुक्रबार राति ११ः३० बजेदेखि कात्तिक १४ गते शनिबार बिहान ६ः३० बजेसम्म बैंकिङ सेवा बन्द रहनेछ। उक्त अवधिमा बैंकबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू अवरुद्ध हुनेछन्।

शाखा समायोजनसम्बन्धी कार्यलाई व्यवस्थित तथा प्रभावकारी बनाउन तथ्याङ्क स्थानान्तरण गर्न लागिएको बैंकले जनाएको छ। प्राविधिक कार्य सम्पन्न भएपछि बैंकिङ सेवाहरू पुनः नियमित रूपमा सञ्चालनमा आउनेछन्।

सेवा बन्द रहने अवधिमा ग्राहकले बैंकका नियमित सेवा उपयोग गर्न नपाउने भएकाले आवश्यक बैंकिङ कारोबार समयमै सम्पन्न गर्न बैंकले ग्राहकलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *