बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

राष्ट्रिय वाणिज्य बैंकको ६ प्रतिशत ब्याजदरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं — राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज (कात्तिक १० गते) अन्तिम दिन रहेको छ। बैंकले असोज २९ गतेदेखि ७ वर्ष अवधिको ‘६ प्रतिशत आरबिबिएल…


विज्ञापनAdvertisement Banner
◷
2 min read

काठमाडौं — राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज (कात्तिक १० गते) अन्तिम दिन रहेको छ। बैंकले असोज २९ गतेदेखि ७ वर्ष अवधिको ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ बिक्री खुला गरेको हो।

बैंकले वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्ने गरी प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ। यसबाट बैंकले कुल ३ अर्ब रुपैयाँ बराबरको रकम जुटाउनेछ।

कुल निष्काशित ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरका १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ। बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरका १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको छ।

ऋणपत्रमा लगानी गर्न इच्छुक सर्वसाधारणले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरेर पनि आवेदन दिन सकिनेछ।

ऋणपत्र निष्काशनका लागि गरिएको क्रेडिट रेटिङमा केयर रेटिङ्स नेपालले बैंकलाई ‘केयरएनपी सिंगल ए प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। उक्त रेटिङले बैंकले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्दछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *