Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

वैशाख २४ देखि सानिमा इक्वीटी फण्ड–२ को इकाई बिक्री खुल्ने

काठमाडौं — सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘सानिमा इक्वीटी फण्ड–२’ का इकाईहरू सार्वजनिक बिक्रीका लागि वैशाख २४ गतेदेखि खुला गरिने भएको छ। योजनाअन्तर्गत प्रति इकाई १० रुपैयाँ अंकित मूल्यमा कुल…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘सानिमा इक्वीटी फण्ड–२’ का इकाईहरू सार्वजनिक बिक्रीका लागि वैशाख २४ गतेदेखि खुला गरिने भएको छ।

योजनाअन्तर्गत प्रति इकाई १० रुपैयाँ अंकित मूल्यमा कुल १० करोड इकाई निष्काशन गरिनेछ। यसमध्ये कोष प्रवर्द्धक सानिमा बैंक लिमिटेडलाई १३ प्रतिशत अर्थात १ करोड ३० लाख इकाई र योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई २ प्रतिशत अर्थात २० लाख इकाई सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्रीमा ल्याइनेछ।

नेपाल धितोपत्र बोर्डले वैशाख ३ गते नै योजना सञ्चालन तथा विवरण पुस्तिका स्वीकृत गरिसकेको छ। इकाई बिक्री छिटोमा वैशाख २९ गते बन्द हुने व्यवस्था छ भने आवश्यक आवेदन नपरेमा जेठ ७ गतेसम्म खुला रहनेछ।

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन्। योजनामा न्यूनतम ५ करोड इकाई बिक्री हुनुपर्ने प्रावधान राखिएको छ। साथै माग अत्यधिक भएमा सामूहिक लगानी कोष निर्देशिकाअनुसार अधिकतम १२ करोड ५० लाख इकाईसम्म बाँडफाँड गर्न सकिनेछ।

यस फण्डको अवधि १० वर्ष रहनेछ। अवधि पूरा भएपछि योजनाको सम्पत्ति नगदमा परिणत गरी कानुनबमोजिम इकाईधनीहरूलाई समानुपातिक रूपमा वितरण गरिने व्यवस्था छ।

लगानीकर्ताले सि–आस्वा प्रणालीमार्फत अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ अनलाइन प्लेटफर्म प्रयोग गरी आवेदन दिन सक्नेछन्। इकाई बाँडफाँडपछि नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई दोस्रो बजारमा कारोबार खुला गरिनेछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/