Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

एटीएम कारोबार सीमामा कटौती, अब एक पटकमा २० हजार मात्र निकाल्न पाइने

काठमाडौं — नेपाल राष्ट्र बैंकले एटीएममार्फत नगद झिक्ने सीमा घटाएको छ। भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ जारी गर्दै राष्ट्र बैंकले एटीएम कारोबारमा नयाँ सीमा लागू गरेको हो। नयाँ व्यवस्थाअनुसार अब एक पटकमा…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — नेपाल राष्ट्र बैंकले एटीएममार्फत नगद झिक्ने सीमा घटाएको छ। भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ जारी गर्दै राष्ट्र बैंकले एटीएम कारोबारमा नयाँ सीमा लागू गरेको हो।

नयाँ व्यवस्थाअनुसार अब एक पटकमा अधिकतम २० हजार रुपैयाँ मात्र एटीएमबाट निकाल्न सकिनेछ। यसअघि यो सीमा २५ हजार रुपैयाँ थियो। त्यस्तै दैनिक सीमा ५० हजार रुपैयाँ र मासिक सीमा ३ लाख रुपैयाँ तोकिएको छ, जुन पहिले क्रमशः १ लाख र ४ लाख रुपैयाँ थियो।

राष्ट्र बैंकले प्रिपेड र क्रेडिट कार्डसम्बन्धी प्रावधानमा भने कुनै परिवर्तन गरेको छैन। प्रिपेड कार्डबाट एक पटकमा १० हजार, दैनिक २० हजार र मासिक २ लाख रुपैयाँसम्म झिक्न सकिने व्यवस्था यथावत् छ। क्रेडिट कार्डमार्फत अग्रिम नगद झिक्ने पुरानै व्यवस्था कायम राखिएको छ।

त्यस्तै, वस्तु तथा सेवा खरिद गर्दा कार्डमार्फत भुक्तानी गर्दा निर्धारित सीमा लागू नहुने स्पष्ट गरिएको छ। प्रिपेड कार्ड जारी गर्दा बैंक तथा वित्तीय संस्थाले प्रति ग्राहक अधिकतम १ लाख रुपैयाँसम्मको सीमा कायम गर्नुपर्नेछ भने भुक्तानी सेवा प्रदायक संस्थाले अधिकतम २५ हजार रुपैयाँसम्मको प्रिपेड कार्ड जारी गर्न पाउनेछन्।

कन्ट्याकलेस कारोबारको हकमा प्रति कारोबार अधिकतम ५ हजार रुपैयाँसम्मको सीमा तोकिएको छ। मोबाइल बैंकिङ एपबाट दैनिक ३ लाख रुपैयाँसम्म र वेबसाइटमार्फत दैनिक २० लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था कायम गरिएको छ।

नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई व्यवस्थित र सुरक्षित बनाउन यी परिवर्तन गरिएको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/