spot_img
19.1 C
Kathmandu
spot_img
Homeवित्तबैंक/वित्तवैशाखका लागि बैंकहरूको ब्याजदर घट्यो, अधिकांशले दर स्थिर राखे

वैशाखका लागि बैंकहरूको ब्याजदर घट्यो, अधिकांशले दर स्थिर राखे

काठमाडौं – वाणिज्य बैंकहरूले नयाँ आर्थिक वर्ष २०८३ को पहिलो महिना वैशाखका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले सार्वजनिक गरेको नयाँ दरअनुसार वैशाख महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा औसत ४.४१ प्रतिशत र संस्थागततर्फ औसत ३.२३ प्रतिशत ब्याज प्रदान गरिनेछ।

यसअघि चैत महिनामा व्यक्तिगततर्फ औसत ब्याजदर ४.४९ प्रतिशत र संस्थागततर्फ ३.२९ प्रतिशत रहेको थियो। यसले वैशाखमा ब्याजदरमा सामान्य गिरावट आएको देखाउँछ।

नयाँ दरअनुसार ७ वटा बैंकहरूले ब्याजदर घटाएका छन् भने १२ बैंकहरूले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्। यद्यपि, कृषि विकास बैंकले भने यस अवधिमा ब्याजदर बढाएको छ। उक्त बैंकले वैशाखमा व्यक्तिगततर्फ ४.१५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

ब्याजदर घटाउने बैंकहरूमा एभरेष्ट बैंक र कुमारी बैंकले ४.०५ प्रतिशत, सिटिजन्स बैंकले ४.१२ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४.१० प्रतिशत, हिमालयन बैंकले ४.५० प्रतिशत, सिद्धार्थ बैंकले ४ प्रतिशत र एनआईसी एशिया बैंकले ४.७५ प्रतिशत ब्याजदर कायम गरेका छन्।

त्यसैगरी, अघिल्लो महिनाको दरलाई निरन्तरता दिने बैंकहरूमा नेपाल बैंक (४.५०%), नेपाल एसबीआई बैंक (४.२५%), लक्ष्मी सनराइज बैंक (४.५०%), ग्लोबल आइएमई बैंक (४.५०%), प्राइम कमर्सियल बैंक (४.१५%), प्रभु बैंक (४.५५%), माछापुच्छ्रे बैंक (४.५०%), एनएमबि बैंक (५%), नबिल बैंक (४.५५%), सानिमा बैंक (४.५०%), राष्ट्रिय वाणिज्य बैंक (५%) र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (४.५०%) रहेका छन्।

बैंकहरूको ब्याजदर घट्ने क्रमले निक्षेपकर्तामा केही असर पार्ने भए पनि कर्जा लिने ग्राहकहरूका लागि भने यसले केही राहत दिने अपेक्षा गरिएको

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here