spot_img
19.1 C
Kathmandu
spot_img
Homeअर्थतन्त्रसात महिनामा ७ खर्ब रुपैयाँभन्दा बढीको विद्युतीय कारोबार

सात महिनामा ७ खर्ब रुपैयाँभन्दा बढीको विद्युतीय कारोबार

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को माघ महिनासम्म नेपालमा विद्युतीय माध्यमबाट हुने कारोबार उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सात महिनाको अवधिमा कुल ७ खर्ब १५ अर्ब रुपैयाँभन्दा बढीको डिजिटल कारोबार भएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार माघ महिनासम्म डेबिट कार्ड प्रयोग गरी ९८ लाख पटक कारोबार भएको छ। यस माध्यमबाट मात्रै ७५ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको देखिएको छ।

त्यसैगरी, मोबाइल बैंकिङमार्फत हुने कारोबार सबैभन्दा धेरै रहेको छ। यस अवधिमा मोबाइल बैंकिङ प्रयोग गरी ६ करोड ७३ लाख पटक कारोबार भएको छ, जसबाट ५ खर्ब ५८ अर्ब ५० करोड रुपैयाँ बराबरको रकम लेनदेन भएको छ।

यस्तै, क्यूआर कोडमार्फत गरिने भुक्तानी पनि उल्लेखनीय रूपमा बढेको छ। माघ महिनासम्म ४ करोड ६२ लाख कारोबार क्यूआर कोडमार्फत भएको छ, जसको कुल रकम १ खर्ब २५ अर्ब २१ करोड रुपैयाँ पुगेको छ।

डिजिटल प्रविधिको बढ्दो प्रयोग, बैंक तथा वित्तीय संस्थाले विस्तार गरेको अनलाइन सेवा र नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने सरकारी नीतिका कारण विद्युतीय कारोबारमा निरन्तर वृद्धि भइरहेको राष्ट्र बैंकले जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here