Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

कम्पनीको कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा सम्बन्धी कम्पनी रजिस्ट्रारको सूचना जारी

काठमाडौं। कम्पनी रजिस्ट्रारको कार्यालयले कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीहरूका लागि कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा सम्बन्धी सूचना जारी गरेको छ। नेपाल सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विशेषक, २०८३…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं। कम्पनी रजिस्ट्रारको कार्यालयले कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीहरूका लागि कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा सम्बन्धी सूचना जारी गरेको छ।

नेपाल सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विशेषक, २०८३ को दफा ४८ मा गरिएको व्यवस्थाअनुसार उक्त सूचना प्रकाशित गरिएको हो।

सूचनाअनुसार कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका तर कानुनले तोकेको म्यादभित्र विवरण पेश नगरेका, विवरण अध्यावधिक नगरेका वा दाखिला गर्नुपर्ने कर, शुल्क, दस्तुर तथा जरिवाना दाखिला नगरेका कम्पनीहरूले निश्चित अवधिभित्र विवरण पेश गरेमा मिनाहाको सुविधा पाउनेछन्।

कम्पनीले कारोबार जारी राख्न वा दर्ता खारेज गर्न चाहेमा आर्थिक वर्ष २०८२/०८३ को लागि कानुन बमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा विवरण संवत् २०८३ असोज मसान्तभित्र पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।

तोकिएको अवधिभित्र विवरण पेश गरेमा सोभन्दा अघि लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा हुने व्यवस्था रहेको कम्पनी रजिस्ट्रारको कार्यालयले जनाएको छ।

यस व्यवस्थाबाट लामो समयदेखि विवरण पेश नगरेका वा कम्पनी अद्यावधिक नगरेका कम्पनीहरूलाई कानुनी रूपमा नियमित हुने अवसर मिल्ने अपेक्षा गरिएको छ।

कम्पनी रजिस्ट्रारको कार्यालयले सम्बन्धित सरोकारवालाहरूलाई समयमै आवश्यक विवरण पेश गरी मिनाहाको लाभ लिन अनुरोध गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/