Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

ट्राफिक कारबाहीबाट एकैदिन करिब २० लाख राजस्व सङ्कलन

काठमाडौं - काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजारभन्दा बढी सवारी चालकलाई कारबाही गरेको जनाएको छ। कार्यालयका अनुसार २४ घण्टाको अवधिमा कुल दुई हजार ९३…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजारभन्दा बढी सवारी चालकलाई कारबाही गरेको जनाएको छ।

कार्यालयका अनुसार २४ घण्टाको अवधिमा कुल दुई हजार ९३ जना चालक कारबाहीमा परेका छन्। ती कारबाहीबाट राज्यकोषमा १९ लाख ९९ हजार ५०२ रुपैयाँ राजस्व सङ्कलन भएको छ।

कारबाहीमा परेकामध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने ६५ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने २२५ जना, ट्राफिक सङ्केत उल्लङ्घन गर्ने १३७ जना तथा तीव्र गतिमा सवारी चलाउने १५३ जना रहेका छन्।

यस्तै, लेन अनुशासन पालना नगर्ने १९४ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ५८ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने १०९ जना र निर्धारित स्थानमा यात्रु चढाउने–ओराल्ने नियम उल्लङ्घन गर्ने ४१ जनालाई पनि कारबाही गरिएको छ।

यसका अतिरिक्त अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार १२१ जनालाई समेत कारबाही गरिएको कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरण र सडक अनुशासन कायम गर्न नियमित अनुगमन तथा कारबाहीलाई अझ कडाइका साथ अघि बढाइने बताएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/