spot_img
22.1 C
Kathmandu
spot_img
Homeअर्थतन्त्रकर/राजश्वचितवनका छ पालिकाबाट करदाता सेवा केन्द्र सञ्चालनमा

चितवनका छ पालिकाबाट करदाता सेवा केन्द्र सञ्चालनमा

काठमाडौं — चितवन जिल्लाका छ वटा स्थानीय तहबाट करदाता सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ। भरतपुर महानगरपालिकाबाहेक पाँच नगरपालिका र एक गाउँपालिकाबाट सेवा सुरु गरिएको हो।

नेपाल सरकारको कात्तिक १७ गतेको निर्णयअनुसार खैरहनीस्थित करदाता सेवा केन्द्र हटाइएपछि सो केन्द्रबाट प्रदान गरिँदै आएका सेवाहरू स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्था गरिएको थियो। सोही निर्णयअनुसार विभिन्न पालिकाहरूमा सेवा विस्तार गरिएको आन्तरिक राजस्व कार्यालय भरतपुरले जनाएको छ।

कार्यालयका प्रमुख पुण्यविक्रम खड्काका अनुसार रत्ननगर, कालिका र राप्ती नगरपालिकामा माघ महिनादेखि नै सेवा सुरु गरिएको थियो। त्यसपछि खैरहनी नगरपालिकामा सेवा विस्तार गरिएको हो भने चैत १९ गतेदेखि माडी नगरपालिकामा सेवा सुरु भएको थियो। आजदेखि इच्छाकामना गाउँपालिकाबाट पनि सेवा सञ्चालनमा आएको उनले जानकारी दिए।

यसका लागि आन्तरिक राजस्व विभागका सूचना प्रविधि निर्देशक पदमबहादुर भण्डारीले सम्बन्धित पालिकाका कर्मचारीलाई एक दिने प्रशिक्षण दिएका थिए। प्रशिक्षणमा प्रविधिसम्बन्धी विषयसहित कर प्रशासनका विभिन्न पक्षमा जानकारी गराइएको थियो।

अब ती पालिकाबाट व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) वितरण, करदाता विवरण संशोधन, आयकर कारोबार बन्द गर्ने प्रक्रिया, मूल्य अभिवृद्धि कर (भ्याट) दर्ताका लागि सिफारिस, कर चुक्ताको सिफारिस तथा करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न सकिनेछ।

यद्यपि करदाताको अनुगमन, अनुसन्धान र कर परीक्षणसम्बन्धी काम भने आन्तरिक राजस्व कार्यालय भरतपुरबाटै हुने जनाइएको छ। कार्यालयमा हाल ७४ हजार करदाता दर्ता छन्। चालु आर्थिक वर्षका लागि २९ अर्ब ८१ करोड ७७ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा हालसम्म १८ अर्ब ५ करोड ५० लाख रुपैयाँ संकलन भइसकेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here