बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

६ करोडको कारोबारबाट ६८ करोड पुर्‍याउने अमुदी फुड्सको लक्ष्य, प्रतिसेयर आम्दानी २० रुपैयाँ नाघ्ने प्रक्षेपण ‘यू–एन–मी’ ब्रान्ड विस्तारमा आक्रामक बन्दै कम्पनी, शेयर पुँजी ४२ करोड र शेयरधनीको सम्पत्ति करिब ७५ करोड पुर्‍याउने योजना

काठमाडौं- नेपाली खाद्य तथा स्न्याक्स बजारमा ‘यू–एन–मी’ ब्रान्डमार्फत उपस्थिति विस्तार गरिरहेको अमुदी फुड्स लिमिटेडले आगामी वर्षहरूमा व्यवसायलाई आक्रामक रूपमा विस्तार गर्ने योजना अघि सारेको छ। कम्पनीको वित्तीय प्रक्षेपणअनुसार आर्थिक वर्ष २०८१/८२ मा…


विज्ञापनAdvertisement Banner
◷
3 min read
अमुडी फुड्स लिमिटेडको लोगो

काठमाडौं- नेपाली खाद्य तथा स्न्याक्स बजारमा ‘यू–एन–मी’ ब्रान्डमार्फत उपस्थिति विस्तार गरिरहेको अमुदी फुड्स लिमिटेडले आगामी वर्षहरूमा व्यवसायलाई आक्रामक रूपमा विस्तार गर्ने योजना अघि सारेको छ।

कम्पनीको वित्तीय प्रक्षेपणअनुसार आर्थिक वर्ष २०८१/८२ मा ६ करोड ३७ लाख ४५ हजार ५२५ रुपैयाँ रहेको बिक्री आम्दानी आर्थिक वर्ष २०८६/८७ सम्ममा बढाएर ६८ करोड ४१ लाख ३५ हजार ८८५ रुपैयाँ ७१ पैसा पुर्‍याउने लक्ष्य राखिएको छ।

कम्पनीको बिक्री आम्दानी आर्थिक वर्ष २०८२/८३ मा ८ करोड ५४ लाख ४० हजार २२३ रुपैयाँ, २०८३/८४ मा १५ करोड ५९ लाख २८ हजार ४०७ रुपैयाँ, २०८४/८५ मा ३० करोड ४० लाख ६० हजार ३९३ रुपैयाँ ६५ पैसा, २०८५/८६ मा ४५ करोड ६० लाख ९० हजार ५९० रुपैयाँ ४८ पैसा हुँदै २०८६/८७ मा ६८ करोडभन्दा माथि पुग्ने प्रक्षेपण छ।

नाफामा पनि ठूलो वृद्धि

आर्थिक वर्ष २०८१/८२ मा २८ लाख ८१ हजार ३०५ रुपैयाँ खुद नाफा कमाएको कम्पनीले २०८२/८३ मा ८५ लाख २० हजार ९३७ रुपैयाँ ७ पैसा नाफा कमाउने अनुमान गरेको छ।

त्यसैगरी २०८३/८४ मा २० करोड ५९ लाख ९६ हजार ६२० रुपैयाँ २६ पैसा, २०८४/८५ मा ३ करोड ७९ लाख ४ हजार ८५६ रुपैयाँ, २०८५/८६ मा ५ करोड ६८ लाख ५७ हजार २८४ रुपैयाँ १ पैसा र २०८६/८७ मा ८ करोड ५२ लाख ८५ हजार ९२६ रुपैयाँ १ पैसा खुद नाफा पुग्ने प्रक्षेपण गरिएको छ।

२०८३/८४ मा कम्पनीले १४ करोड रुपैयाँ अन्य आम्दानी समेत हुने अनुमान गरेको छ, जसका कारण उक्त वर्षको नाफामा ठूलो उछाल देखिएको छ।

प्रतिसेयर आम्दानी ४ रुपैयाँ १८ पैसाबाट २० रुपैयाँ ३१ पैसा

कम्पनीको प्रतिसेयर आम्दानी आर्थिक वर्ष २०८१/८२ मा ४ रुपैयाँ १८ पैसा रहेकोमा २०८२/८३ मा ७ रुपैयाँ १० पैसा पुग्ने अनुमान छ।

२०८३/८४ मा ६४ रुपैयाँ ३७ पैसा, २०८४/८५ मा ९ रुपैयाँ २ पैसा, २०८५/८६ मा १३ रुपैयाँ ५४ पैसा र २०८६/८७ मा २० रुपैयाँ ३१ पैसा पुग्ने प्रक्षेपण गरिएको छ।

२०८३/८४ को उच्च प्रतिसेयर आम्दानीमा १४ करोड रुपैयाँको अन्य आम्दानीको प्रभाव रहेको देखिन्छ।

शेयर पुँजी ४२ करोड, शेयरधनीको सम्पत्ति करिब ७५ करोड

कम्पनीको शेयर पुँजी आर्थिक वर्ष २०८१/८२ को ६ करोड ९० लाख रुपैयाँबाट बढेर २०८२/८३ मा १२ करोड रुपैयाँ पुगेको छ। २०८३/८४ मा ३२ करोड रुपैयाँ र २०८४/८५ देखि ४२ करोड रुपैयाँ पुर्‍याउने प्रक्षेपण गरिएको छ।

त्यस्तै शेयरधनीको सम्पत्ति २०८१/८२ मा ३८ करोड ८४ लाख ७७ हजार ७९५ रुपैयाँ रहेकोमा २०८६/८७ सम्म ७४ करोड ६९ लाख ९८ हजार ७३२ रुपैयाँ ७ पैसा पुग्ने अनुमान गरिएको छ।

चितवनमा उत्पादन आधार रहेको अमुदी फुड्सले ‘यू–एन–मी’ ब्रान्डअन्तर्गत अकबरे चटपटे, चिज बल, खुुस खुुस स्टिक्स, मिश्रित दालमोठ, आलु भुजिया, मुग दाल, एनी टाइम दालमोठ, सादा भुजिया, साल्टेड पिनट, पोमेस, चिजी चिज रिङ्स र पोटाटो क्र्याकर लगायतका उत्पादन बिक्री गर्दै आएको छ।

समग्रमा, ६ करोडको कारोबारबाट ६८ करोडभन्दा बढी पुर्‍याउने लक्ष्य, शेयर पुँजी ४२ करोड पुर्‍याउने योजना र प्रतिसेयर आम्दानी २० रुपैयाँभन्दा माथि लैजाने प्रक्षेपणले अमुदी फुड्सको आगामी विस्तार रणनीति आक्रामक रहेको देखाउँछ। यद्यपि यी कम्पनीका प्रक्षेपण भएकाले वास्तविक उपलब्धि आगामी वर्षको व्यावसायिक प्रदर्शनबाट मात्र स्पष्ट हुनेछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *