Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

माघ महिनामा घरजग्गा कारोबारबाट ५ अर्बभन्दा बढी राजस्व सङ्कलन

काठमाडौं - देशभरका मालपोत कार्यालयहरूले माघ महिनामा कुल ५ अर्ब ९ लाख २४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेका छन्। अघिल्लो महिना पुसमा ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ राजस्व उठेको थियो।…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – देशभरका मालपोत कार्यालयहरूले माघ महिनामा कुल ५ अर्ब ९ लाख २४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेका छन्।

अघिल्लो महिना पुसमा ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ राजस्व उठेको थियो। पुसको तुलनामा माघमा राजस्व केही घटेको देखिएको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघ महिनामा घरजग्गा कारोबार उल्लेख्य रूपमा बढ्न सकेको छैन। विभागले सार्वजनिक गरेको विवरणअनुसार उक्त महिनामा देशभर ५० हजार ८३७ वटा लिखत पारित भएका छन्। गत वर्षको माघको तुलनामा भने यस वर्ष लिखत पारितको सङ्ख्यामा सामान्य वृद्धि भएको जनाइएको छ।

राजस्व शीर्षकअन्तर्गत माघ महिनामा सेवा करबाट ३१ करोड ५८ लाख ७२ हजार ४८८ रुपैयाँ सङ्कलन भएको छ भने रजिष्ट्रेशन दस्तुरबाट २ अर्ब ६८ करोड ६९ लाख ४२ हजार ५३२ रुपैयाँ उठेको छ।

त्यसैगरी, पुँजीगत लाभकरबापत १ अर्ब ९६ करोड ५५ लाख १२ हजार २६७ रुपैयाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/