
सोलु हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा १ अर्ब ११ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको छ।
कम्पनीको कुल आम्दानी १ अर्ब ३८ करोड रुपैयाँ रहेको छ भने सञ्चालन मुनाफा १ अर्ब ३२ करोड रुपैयाँ कायम भएको छ। वित्तीय विवरणअनुसार कम्पनीले विद्युत बिक्रीबाट २ अर्ब ६२ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ। सो अवधिमा कम्पनीको कुल नाफा १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ १४ पैसा रहेको छ। त्यस्तै, प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ६२ पैसा र मूल्य–आम्दानी अनुपात ४५.७० गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ।
१० अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको सोलु हाइड्रोपावरको गत आर्थिक वर्षको अन्त्यसम्म रिटेन्ड अर्निङ्ग ३ अर्ब ८० करोड ४३ लाख रुपैयाँ पुगेको छ।






Leave a Reply