Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पदभार ग्रहण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरे तीन महत्वपूर्ण निर्णय

काठमाडौं - नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै देशको आर्थिक सुधार र व्यवस्थापनलाई लक्षित तीन महत्वपूर्ण निर्णय गरेका छन्। पदभार सम्हाल्दै मन्त्री वाग्लेले समग्र आर्थिक अवस्थाको स्पष्ट…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै देशको आर्थिक सुधार र व्यवस्थापनलाई लक्षित तीन महत्वपूर्ण निर्णय गरेका छन्।

पदभार सम्हाल्दै मन्त्री वाग्लेले समग्र आर्थिक अवस्थाको स्पष्ट चित्र प्रस्तुत गर्न ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार गर्ने घोषणा गरेका छन्। साथै, सरकारका निर्वाचन वाचाहरू कार्यान्वयन गर्न १०० दिने, अर्धवार्षिक तथा वार्षिक कार्ययोजना निर्माण गर्ने निर्णय पनि गरिएको छ।

दोस्रो निर्णयअन्तर्गत, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदनमा उल्लेख गरिएका सिफारिसहरू कार्यान्वयनतर्फ अग्रसर हुँदै राजश्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेज गर्ने प्रक्रिया अघि बढाइने भएको छ। यसले आर्थिक क्षेत्रको संरचनात्मक सुधारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

तेस्रो निर्णयमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यसहित निजी उद्यम व्यवसायको सुरक्षा तथा प्रवर्द्धन, साथै ठूला विकास आयोजनाहरूलाई सहजीकरण गर्ने कानूनी व्यवस्था तयार पारिने उल्लेख गरिएको छ। यसका लागि नयाँ विधेयक ल्याउने वा विद्यमान कानुन संशोधन गर्ने प्राथमिकता तय गर्दै व्यापक आर्थिक तथा कानूनी सुधारको मार्गचित्र बनाइने मन्त्री वाग्लेले बताएका छन्।

मन्त्री वाग्लेका यी निर्णयहरूले देशको आर्थिक स्थायित्व, लगानीमैत्री वातावरण र दीर्घकालीन विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/