Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सार्वजनिक ऋण दायित्व बढेर २८ खर्ब ५८ अर्ब नाघ्यो

काठमाडौं - नेपाल सरकारको तिर्न बाँकी सार्वजनिक ऋण साढे २८ खर्ब रुपैयाँ नाघेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको गत माघ मसान्तसम्मको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुवातमा २६ खर्ब ७४ अर्ब…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – नेपाल सरकारको तिर्न बाँकी सार्वजनिक ऋण साढे २८ खर्ब रुपैयाँ नाघेको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको गत माघ मसान्तसम्मको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुवातमा २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको कुल सार्वजनिक ऋण माघ मसान्तसम्ममा एक खर्ब ८४ अर्ब ९३ करोड रुपैयाँले वृद्धि भई २८ खर्ब ५८ अर्ब ९७ करोड रुपैयाँ पुगेको हो। यो रकम कुल गार्हस्थ्य उत्पादन (GDP) को ४६ दशमलव ८१ प्रतिशत बराबर रहेको छ।

हालसम्मको कुल ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब ४९ अर्ब १३ करोड रुपैयाँ रहेको छ भने बाह्य ऋण १५ खर्ब ९ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। कुल सार्वजनिक ऋणमा बाह्य ऋणको हिस्सा ५२ दशमलव ८१ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७ दशमलव १९ प्रतिशत रहेको छ।

सरकारले चालु आर्थिक वर्षमा कुल ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य लिएको छ। माघ मसान्तसम्ममा २ खर्ब ५५ अर्ब ४८ करोड रुपैयाँ ऋण उठाइएको छ, जुन वार्षिक लक्ष्यको ४२ दशमलव ८९ प्रतिशत हो।

आन्तरिकतर्फ ३ खर्ब ६२ अर्ब रुपैयाँ उठाउने लक्ष्य राखिएकोमा हालसम्म २ खर्ब १७ अर्ब ६६ करोड रुपैयाँ (६० दशमलव १३ प्रतिशत) उठिसकेको छ भने १ खर्ब ४४ अर्ब ३३ करोड रुपैयाँ उठाउन बाँकी छ।

त्यसैगरी बाह्य ऋणतर्फ २ खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ उठाउने लक्ष्य राखिएकोमा हालसम्म ३७ अर्ब ८१ करोड रुपैयाँ (१६ दशमलव १८ प्रतिशत) मात्र प्राप्त भएको छ। अझै १ खर्ब ९५ अर्ब ८४ करोड रुपैयाँ बाह्य ऋण उठाउन बाँकी रहेको छ।

यसैबीच, सरकारले चालु आर्थिक वर्षमा सरकारी ऋणको साँवा–ब्याज भुक्तानीका लागि ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेको छ। माघ मसान्तसम्ममा २ खर्ब ३ अर्ब ६५ करोड रुपैयाँ भुक्तानी भइसकेको छ, जुन वार्षिक विनियोजनको ४९ दशमलव ५५ प्रतिशत हो। कुल गार्हस्थ्य उत्पादनका आधारमा हालसम्मको ऋण सेवा खर्च ३ दशमलव ३३ प्रतिशत रहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/